इन्डियन पिमियर लिग (आईपीएल)मा सन्दीप लामिछाने आवद्ध टिम दिल्ली डेयर डेभिल्स समुह चरणबाटै बाहिरिएको छ ।
१० खेल खेलेको दिल्लीले ३ मा मात्र जित निकालेको छ । दिल्लीले सन्दीपलाई कुनै पनि खेलमा प्लेइङ ११ मा मौका दिएन । दियो त सामाजिक सञ्जालमा सबै बढि प्रथामिकता दिएको सन्दीपलाई नै हो ।
दिल्लीको फेसबुक र ट्विटरमा सर्वाधिक लाईक, कमाइन्ट र सेयर हुने पोष्ट पनि सन्दीपको नै हो । अक्सन मार्फत सन्दीपलाई दिल्लीले २० लाख भारुमा किनेको थियो ।
दिल्लीले धेरै पटक सन्दीपलाई प्लेइङ ११ मा मौका दिने संकेत देखाएको थियो र मौका भने दिएन । दिल्ली समुह चरणबाटनै बाहिरिनुको मुख्य कारण सन्दीपलाई नखेलाउनु पनि मुख्य कारण भएको नेपाली क्रिकेट फ्यानले बहस र आलोचना गरि रहेका छन् । धेरै फ्यान दिल्लीदेखि आक्रोश छन् । कतिलाई बेन्चैमा बसेर फर्किने हुन् की भन्ने चिन्ता पनि रहेको छ ।
नेपाली क्रिकेट फ्यानले सन्दीपलाई प्लेइङ ११ मा मौका दिन दिल्लीलाई ठूलो दवाव दिदै आएका छन् । त्यस्तैै पछिल्ला केहि खेलमा दिल्लीले सन्दीपलाई ब्रेक अर्थात पानी पिउने समयमा पानी दिएर खेलाडी दिन पठाएको छ । अनि नेपाली फ्यानले आक्रोस ब्यक्त गर्न थालेका छन् के दिल्लीले सन्दीपलाई पानी बोक्न किनेको हो ?
No comments:
Post a Comment