
क्वालालम्पुर। मलेसियामा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरू ,यहि आउदो 9 तारिक कृपया कोहि पनि बाहिर ननिस्कनु होला रूम मै बस्नु होला ।तपाईंसँग पर्मिट (जलान कार्ड) छ भनेपनी बाहिर ननिस्कनु होला, किनभने जे पनि हुनसक्छ ।
होशियार ! मलेसियामा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा विशेष अनुरोधकोहि पनि बाहिर निस्केको खन्ड पुलिसले भेटेमा या यहाँका स्थानीय गुन्डाले भेटे कडा भन्दा कडा सजाय दिइनेछ ! किन कि यहि मे 9 तारिक मलेसियामा चुनाव हुन गइरहेको छ, जस कारण मलेसिया सरकारले यो सुचना दिईएकोले सचेत रहन अनुरोध गर्दछौं।
वाम एकता : प्रचण्डका चार दाउमा अाेलीकाे माैन सहमति, जेठ पहिलो साता एकीकृत पार्टी दर्ता हुने
काठमाडाैं । लामाे समयदेखि चर्चामा रहेकाे वाम एकताले अब जेठ पहिलाे साता सार्थकता पाउने भएकाे छ । यस बीचमा कुनै नाटकीय घटनाक्रम विकसित भएन भने एमाले र माओवादी केन्द्रबीच जेठको पहिलो साता एकीकृत पार्टी दर्ता गर्ने सहमति भएकाे र त्यसका लागि तयारी तीव्र पारेकाे स्राेतले जनाएकाे छ ।
दुवै पार्टीका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पटक-पटक एक्लाएक्लै भएका वार्तापछि धेरै कुरा मिलेको माओवादी प्रवक्ता पम्फा भुसालले बताइन् । यसबीचमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण तय भएकाे छ । मोदी फर्किएपछि मात्रै एकीकरण प्रक्रिया टुंगो लाग्ने भुसालको दाबी छ ।
माओवादी अध्यक्ष प्रचण्डले एकीकृत पार्टीमा आफ्नो हैसियत कमजोर हुन नदिन एमालेसँग बराबर हिस्सा माग्दै आएका थिए । केपी ओलीले प्रचण्डका मागहरु पूरा गरिदिने माैन सहमति जनाएपछि एकता प्रक्रिया टुंगोमा पुग्ने स्थिति बनेको बताइन्छ।बन्न लागेकाे एकीकृत पार्टीमा आफ्नो ‘पोजिसन’ सुरक्षित राख्न यतिखेर माअाेवादी केन्द्रका नेताहरूको दौडधूप चलेकाे बताइन्छ ।
खासगरी एकीकृत पार्टीको केन्द्रीय कमिटीमा माओवादीका धेरै नेताहरूले चाहना राखेका छन् । एमालेमा पनि साेही चाहना धेरै नेतामा पलाएकाे स्राेत बताउँछ । महाधिवेशनबाट निर्वाचित एमालेको केन्द्रीय कमिटी छ, जसलाई एकीकृत पार्टीको केन्द्रीय कमिटीमा रूपान्तरण गर्न कठिन छैन । तर माअाेवादीमा भने भाग मिलाउन धाैधाै पर्ने देखिन्छ ।
No comments:
Post a Comment