सेकेन्ड ह्यान्ड’ गाडी किन्दै हुनुहन्छ ? किन्दा यी कुराहरुमा विचार पुराउनुहोस ! - Sital Chautari .com

ताजा अपडेट



Friday, May 4, 2018

सेकेन्ड ह्यान्ड’ गाडी किन्दै हुनुहन्छ ? किन्दा यी कुराहरुमा विचार पुराउनुहोस !



पछिल्लो समय सेकेन्ड ह्यान्ड कार किन्नेको संख्या बढ्दो छ । सेकेन्ड ह्यान्ड कार किन्दा केही सस्तो पर्ने भएकाले त्यसतर्फ उपभोक्ताको आकर्षण देखिन्छ । सेकेन्ड ह्यान्ड कारको मूल्य सस्तो पर्छ भने गाडीको कन्डिसन पनि राम्रो हुन्छ । गाडीको इन्जिनको समयसीमा तोकिएको हुन्छ । लामो समय ढुक्क भएर चलाउन सेकेन्ड ह्यान्ड कार किन्नुअघि निम्नकुरामा ध्यान दिँदा राम्रो हुन्छ:
खर्चको बन्दोवस्ती:
कार किन्न खोज्दै हुनुहुन्छ भने त्यसका लागि कति खर्च गर्नसक्छु भनेर हिसाब गनुहोस् । खर्चको बन्दोवस्ती कसरी मिलाउने भनेर पनि ध्यान दिनुपर्छ । बैंक ऋण लिने हो की नगदमा किन्ने हो । आफूले गर्नसक्ने खर्चको हरहिसाब गरेर सेकेन्ड ह्यान्ड कार किन्ने योजना बनाउनुहोस् । कुन ‘रेन्ज’ सम्मका कार आफूले धान्न सक्छु भनेर पहिले नै ध्यान दिनुहोस् ।
कारको टेस्ट राइड गर्नुहोस्:
आफूले किन्न चाहेको गाडीको टेस्ट राइड गर्नुहोस् । गाडीको टायर कस्तो छ हेर्नुहोस् । एकपटक ड्राइभ गर्नुभयो भने मात्रै कारको बारेमा जान्न सक्नुहुन्छ । हाँकेपछि मात्रै कारमा भएका कमीकमजोरी थाहा पाउन सकिन्छ । हाइवेमा हाँक्नुहोस्, साना स्ट्रिटहरुमा हाँक्नुहोस् तर बाटोचाहीँ घुमाउरो हुनुपर्छ ।
गाडीको इतिहास थाहा पाउनुहोस्:
कारको इतिहासलाई उपेक्षा गरेर कार किन्नु हुँदैन । कारका विभिन्न आन्तरिक समस्या हुने गरेको विभिन्न रिपोर्टले देखाएको छ । ‘कारफक्स’ एउटा उपयुक्त साइट हुनसक्छ जसले कारको विगत थाहा पाउन तपाईंलाई मद्दत गर्न सक्छ । यस्त साइटहरूको प्रयोग गर्न नछुटाउनुहोस् ।
योग्य व्यक्तिको सल्लाह लिनुहोस्:
कार किन्नुभन्दा पहिला ट्रेन्ड मेकानिकलाई देखाउनुहोस् । उनीहरूको सल्लाह लिनुहोस् । यसबाट कारमा देखिने समस्याबारे जानकारी मिल्छ । कारमा हुने केही आन्तरिक समस्या कार बिक्रेतालाई पनि थाहा नहुन सक्छ । कार किन्नुभन्दा पहिला यसबारे सम्पूर्ण कुरा बुझ्दा समस्या थाहा लाग्छ ।
समीक्षा गर्नुहोस्
अटोका सम्बन्धमा जान्न विभिन्न वेबसाइट छन् । यस्ता वेबसाइटबाट गाडीको मोडलबारे जान्न सकिन्छ । यहाँ ‘कन्जुमर’का लागि आवश्यक जानकारी मिल्छ । त्यसबाट तपाईंले फाइदा लिन सक्नुहुन्छ ।
कारबारे बुझ्नुहोस्:
इन्टरनेटले आफूलाई आवश्यक पर्ने गाडीबारे बुझ्न सजिलो हुन्छ । किन्नुभन्दा पहिले कारका मोडल थाहा पाउनुहोस् । इन्टरनेटमा कारका मोडलबारे बुझ्न विभिन्न साइट छन् । त्यसलाई प्रयोग गरेर आफूले किन्न थालेको कारबारे थाहा पाउन सकिन्छ । त्यसका लागि ‘केलिज ब्ल्यु बुक’ उपयोगी बन्न सक्छ ।
उपयुक्त कार छान्नुहोस्:
बच्चाबच्चीको रोजाइ स्पोर्ट कार हुनसक्छ । सानो चिटिक्क परेको कार बच्चाको रोजाइमा पर्न सक्छ । तर, तपाईंको परिवारको रोजाइ ‘एसयूभी’ हुनसक्छ । तपाईंले ध्यान दिनुपर्ने कुराचाहीँ आफ्नो लाइफस्टाइल र आवश्यकताले कस्तो कार सहज हुन्छ भन्ने हो ।

सट्टापट्टा गर्न नहिच्किचाउनुहोस्:
स्टिकरमा टाँसिएको प्राइज नै अन्तिम हुन्छ भन्ने हैन । राखिएको पैसामा अलिअलि थपघट गर्ने मनस्थितिमै हुन्छन्, बिक्रेताहरु पनि । तपाईंले उनीहरूले भनेको रकममा घटाउन सक्नुहुन्छ । पैसा घटाउने कुरामा नहिच्किचाउनोस् ।
बिक्रेतालाई चिन्नुहोस्:
जहाँबाट कार किन्न खोज्दै हुनुहुन्छ त्यो कत्तिको विश्वसनीय व्यक्ति हो थाहा पाउनुहोस् । सेकेन्ड ह्यान्ड कारमा समस्या आउने भएकाले बिक्रेताबारे थाहा पाउनु आवश्यक हुन्छ । तपाईंले कसबाट कार किन्दै हुनुहुन्छ बुझ्नुहोस् । किन्दै गरेको कारको मालिक को हो भनेर थाहा पाउनुहोस् ।
ब्यापार पूरा गर्नुहोस्:
वारेन्टीदेखि अन्य सुचना पनि पूर्ण रूपले छिनोफानो गनुहोस् । समय लिनुहोस् । व्यापारिक पाटो पूरा गरेपछि सबै समस्याको हल हुन्छ । त्यसपछि तपार्इं निश्चिन्त भएर आफ्नो कारमा हिँड्न सक्नुहुन्छ ।
कागज पत्र हेर्नुहोस्:
कार कस्को नाममा छ । कर चुक्ता भएको छ कि छैन । कति समयका लागि बिमा भएको छ । कस्तो व्यक्तिले चलाएको कार हो भन्नेजस्ता आधारभूत विषयमा प्रष्ट हुनुहोस् । कतिपय अवस्थामा कार किनेर चड्न थालेपछि कागजपत्रका कारण समस्या आउँछ । आफ्नो नाममा आएपछि मात्र कार चड्न थाल्नुभयो भने कागज पत्र नभएका कारण आउने समस्या झेल्नु पर्दैन ।

No comments: