अहिलेको निकै व्यस्त लोक तथा दोहोरी गायक एवं नायक मनसुधन थापामगर “झोर्ले लाफाको” भन्दै आएका छन् । “झोर्ले लाफाको” अर्थात् “नमस्ते साथीहरू” बोलको मगर भाषाको गीत लिएर आएका हुन्, गायक मनसुधन ।
मगर भाषाको गीत खडेरी परेका बेला गायक मनसुधनले आफ्नै लय र शब्दमा सो गीत बजारमा ल्याएका हुन् । उनलाई यस गीतमा लोक तथा दोहोरी गायिका निरु श्रीसले स्वरमा साथ दिएकी छन् । उनले यसअघि यामकुमार थापामगरको संकलनमा “जोक्चै क्याङ्डी, टाहा मस्र्याङ्डी” बोलको मगर भाषाको गीत बजारमा ल्याएका थिए ।
शिव फोरएस मिडिया प्रालिले निर्माण गरेको म्यूजिक भिडियोमा गायक मनसुधन आफैं र मोडल रिना थापामगरले अभिनय गरेका छन् । चित्र मास्की मगरले निर्देशन गरेको म्यूजिक भिडियोको छायांकन हरिश महरा र रविन विकले सम्पादन गरेका हुन् । मारुनी डिजिटल स्टुडियो प्रालिमा रेकर्ड गरिएको गीतको एरेञ्ज बिलन थापामगर र कुमार रानामगरले मिक्सिङ गरेका हुन् ।
यस गीतलाई युट्युबमा हेर्नका लागि लिंक :

Friday, May 4, 2018
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment