फेसबुकले ल्याउँदैछ नयाँ फिचर, जुकरवर्गले गरे यस्तो घोषणा - Sital Chautari .com

ताजा अपडेट



Friday, May 4, 2018

फेसबुकले ल्याउँदैछ नयाँ फिचर, जुकरवर्गले गरे यस्तो घोषणा

काठमाडौँ। फेसबुकले आफ्ना प्रयोगकर्ताहरुलाई ब्राउजिङ हिस्ट्रि डिलिट गर्ने सुविधा प्रदान गर्ने भएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले मंगलबार अबेर राती यसको घोषणा गरेका हुन् ।
क्यालिफोर्नियामा आयोजित कम्पनीको वर्षीक एफएट कन्फरेन्सलाई सम्बोधित गर्दै जुकरबर्गले फेसबुकको पुरानो हिस्ट्रि डिलिट गर्ने टूल ‘क्लियर हिस्ट्रि’ बारे घोषणा गरेका हुन् ।
जुकरबर्गले भने, ‘यो निकै सजिलो कदम हुनेछ जसमार्फत तपाईं आफ्नो ब्राउसिङ हिस्ट्रि डिलिट गर्न सक्नुहुनेछ । तपाईंले कुन लिंकलाई क्लिक गर्नुभयो, कुन वेबसाइट भिजिट गर्नुभयोलगायतका जानकारी तपाईं क्लियर हिस्ट्रिमार्फत हटाउन सक्नुहुनेछ ।’
उनले थपे, ‘फेसबुकमा विज्ञापन र अन्य टुल्समार्फत जुन वेबसाइट र एप्सलाई तपाईंले क्लिक गर्नुभयो अब तपाईं आफ्नै मर्जीले डिलिट गर्न सक्नुहुनेछ । यदि तपाईं त्यसलाई सुरक्षित राख्न चाहनुहुन्छ भने क्लियर हिस्ट्रिलाई टर्न अफ गरेर सुरक्षित राख्न पनि सक्नुहुनेछ ।’
केही समयअघि फेसबुकमाथि आफ्ना प्रयोगकर्ताको डेटा कुनै अन्य कम्पनीलाई बेचेको आरोप लागेको थियो । फेसबुकका करोडौं प्रयोगकर्ताका नीजि जानकारी राजनीतिक लाभका लागि क्याम्ब्रिज एनालिटिका नामक कम्पनीलाई बेचेको आरोप लागेको हो ।
जुकरबर्गले आउँदा दिनमा यस्ता गडबडी नहोस् भन्नका लागि अत्यधिक सावधानी अपनाइएको जानकारी दिए ।
जुकरबर्गले क्याम्ब्रिज एनालिटिकाले गरेको कार्यलाई विश्वासघातको संज्ञा दिँदै भने, ‘एक एप डेभलपरले मानिसहरुले साझा गरेको आफ्ना नीजि डेटा बेचिदियो । भविष्यमा यस्तो नदोहोरियोस् भन्ने सुनिश्चितताका लागि हामीले विभिन्न कदम उठाउन लागेका छौं ।’
‘तपाईंलाई थाहा नै छ कि सबैभन्दा पहिले हामी डेभलपर्सलाई मानिसहरुसँग उनीहरुको डेटा माग्न रोक लगाइरहेका छौं । दोस्रो, हामी ती कमीको खोजी गरिरहेका छौं जुन डेटा सुरक्षाका लागि खतरा बनेका छन् ।’
उनका अनुसार यसका लागि उनले हरेक एपमाथि अनुसन्धान गरिरहेका छन् जोसँग सन् २०१४ मा मानिसहरुको सबैभन्दा धेरै जानकारी थियो । यीमध्ये कुनैमा अलिकती पनि शंका भए त्यसको स्वतन्त्र अनुसन्धान गरिने उनले जानकारी दिए ।
यदि कुनै डेटाको गलत प्रयोग भएको पुष्टि भए उक्त एप डेभलपरलाई प्रतिबन्ध गरिनेसमेत उनले जानकारी दिए ।
यसका साथै, जुकरवर्गले फेसबुकका थुप्रै नयाँ उत्पादनबारे पनि जानकारी दिए । उनका अनुसार फेसबुकले चाँडै नै डेटिङ सर्भिस सुरु गर्ने जानकारी दिए । यसमार्फत फेसबुक प्रयोगकर्ताले आफ्ना लागि साथी छान्न सक्ने बताए ।
जुकरबर्ग भन्छन्, ‘फेसबुकमा लगभग दुई करोडले आफ्नो स्टेटस सिंगल लेखेका छन् । उनीहरुले अब आफ्ना लागि साथी छान्ने मौका पाउनेछन् ।’
साथै, जुकरबर्गले इन्स्टाग्राममा अब भिडियो च्याट र केही नयाँ फिल्टर्स पनि समावेश गरिने जानकारी दिँदै ती नयाँ सुविधा मानिसहरुलाई मनपर्ने आशा व्यक्त गरे । –एजेन्सी

No comments: