
काठमाडौं । पोर्न फिल्मको नायिका बन्ने उद्येश्य राखेर रंगमञ्चमा आएकी अर्चना पनेरुले नयाँ काम सुरु गरेकी छन् । नेपालमा पोर्न फिल्मका लागि वातावरण नपाएपछि उनी आफुलाई सफल बनाउन विभिन्न काममा लागेकी थिइन् । उनको यात्रामा आमा पनि संगसंगै छन् ।
यतिबेला अभिनयमा टिक्न र बिक्न नसक्ने कलाकारको पहिलो रोजाइको पेसा रेष्टुरेन्ट व्यवसाय रहने गरेको छ । यस्तैमा एक से एक हट दृश्य दिँदा पनि बिक्न नसकेकी अर्चना आफूलाई टिकाउनको लागि दरबारमार्गस्थित एक क्लबमा आबद्व भएकी छन् ।
केही दिन अगाडि मात्र सञ्चालनमा आएको ‘रेड एप्पल नाइट डान्स क्लब’ मा अर्चनाले काम गर्न थालेकी हुन् । उक्त रेष्टुरेन्ट तताउनको लागि अर्चनाको आमा सुनिता पनेरु पनि सँगै रहेकी छन् ।
क्लबमा आउने दर्शकको फर्माइस् अनुसार उनले नृत्य देखाउँछिन् । फर्माइसको नृत्य पाउँदा बारमा आउने ग्राहकले हुस्की र बियरको चुस्कीसँर्गै उनी तिर पैसाका बिटा उठाउने गर्दछन् ।
सिम्पल पहिरनबाट नृत्य सुरु गर्ने अर्चानले रात छिपिँदै गएपछि आफूलाई कामुक रुपमा प्रस्तुत गर्ने गरेको एक ग्राहकले बताएका छन् ।
दुई महिना अघि विवाह गरें भनेर फोटो सार्वजनिक गरेकी अर्चनाले त्यसको एक महिना पछि विवाहको कुरा झुटा हो भन्दै फेसवुकमा लाइभ आइन् । कुनैबेला पोर्न क्षेत्रमा प्रवेश गर्ने भन्दै निकै अश्लिल तस्विर खिचाएर कुनै समयमा निकै चर्चामा आएकी अर्चना पनेरु यतिबेला गुमनाम जस्तै भएकी छन् । अस्लिलतालाई पस्किएर चर्चीत बन्न खोजेकी उनको प्रयास त्यती सफल देखिदैन ।
No comments:
Post a Comment