भिमफेदी,२० वैशाख । अनेरास्ववियु मकवानपुरको पहलमा इन्द्रसरोवर गाउँपालिका ३ का अभिषेक र अशिम भ्लोन बिद्यालय भर्ना भएका छन् । उनिहरुका बाबू वैदेशिक रोजकारमा गई करिव दस वर्ष देखि घर नफर्किएको र आमाले स्कुलमा पठाउन नसक्ने अवस्था भएपछी अनेरास्ववियुले पहल गरेर निशुल्क भर्ना भएका हुन ।
श्री महेन्द्र उच्च माध्यमिक बिद्यालय, भिमफेदीमा अनेरास्ववियु जिल्ला सचिवालय सदस्य आशिष अस्लामी र अनेरास्ववियु स्वही बिद्यालय कमिटि अध्यक्ष रुपा सिकारी राईले आज बिहिवार भर्ना गराएका हुन । बिद्यालय जाने अवसर बाट बञ्चित बालकालिकाहरुलाई भर्ना लिंदा उक्त स्कुलका प्रीन्सिपल राम जी यादव पनि खुशी भएका छन् । असिमलाई कक्षा ५ मा र अभिशेकलाई कक्षा २ मा भर्ना गरिएको हो ।
किशम घीसिङ्ग नेतृत्वमा रहे पछी अनेरास्ववियुले यस्तै खालका शैक्षिक अभियानका कार्यक्रमहरु गर्दै आएका छन । बच्चाहरुलाई बिद्यालय पठाउन एमाले भिमफेदी गाउँपाकलका कमिटि सचिव सानू थापा मनोज र भिम आधार सामुदायिक स्कुलका संचालक सुरेन्द्र थिकेले पनि समन्वय गरेका थिए । अप्ठेरो परिस्थितीमा पनि विद्यालय भर्ना हुन पाउदा दुई विद्यार्थी खुसी भएका छन् ।
No comments:
Post a Comment