पत्याउनु हुन्छ ? गणित विषयको ट्युसन पढाएरै यि शिक्षक बने खर्बपति ! - Sital Chautari .com

ताजा अपडेट



Tuesday, May 1, 2018

पत्याउनु हुन्छ ? गणित विषयको ट्युसन पढाएरै यि शिक्षक बने खर्बपति !

एजेन्सी । चीनका एकजना शिक्षक ट्यूसन पढाएरै खर्बपति बनेको एक सर्वेक्षणले देखाएको छ । मानिसहरु उनको कमाईका बारेमा सुनेर अचम्ममा पर्दछन् । किनकी उनी ट्युसन पढाएरै खर्बपति बनेका छन् । अहिले उनीसँग १ खर्ब रुपैयाँ बराबरकोे सम्पत्ति छ ।
चीनका ३६ वर्षीय लियु याचोले केही वर्षयता राजधानी बेइजिंगमा विद्यार्थीहरुलाई गणित विषयको ट्युसन पढाउँदै आएका छन् । उनले टिएएल एजुकेसन ग्रुप नामक शिक्षण कम्पनीमा पढाउने काम गर्दछन् । उक्त कम्पनीका सिओओ समेत रहेका उनी यो वर्ष डलर अर्बपति बनेका छन् । अर्थात् उनको सम्पत्ति खर्ब रुपैयाँ भन्दा धेरैको भएको छ ।
गत वर्ष कम्पनीको शेयर मूल्य झण्डै दोब्बरले बढेपछि उनी एकाएक अर्बपति बनेका हुन् । कम्पनीमा उनको ४।७ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

टिएएल कम्पनीको कूल बजार मूल्य २१ अर्ब १० करोड डलर पुगेको छ । जसका कारण कम्पनीका संस्थापक झांग बांग्जिन ६ अर्ब ६० करोड तथा लियु १ अर्ब डलर सम्पत्ति सहित विश्वका अर्वपतिको सूचिमा पर्न सफल भएका छन् ।

No comments: