नेपाली रजटपतमा यस्ता धेरै कलाकारहरु छन् जसले यतिबेला नाम र दाम दुबै मजाले कमाएका छन् । आज ती कलाकारहरुको अभिनय , सुन्दरता र स्टारडम देखेर नलोभिनेहरु कमै छन् होला । अफरमाथि अफर पाईरहेका ती कलाकारहरुले आफनो स्टारडम र क्रेजको कारण नै चाहेको पारिश्रृमिकसमेत पाउँन थालेका छन् भने कतिले नाफाको सेयरमा समेत हिस्सा लिने गरेको देखिएको छ । तीनै चर्चित भन्दा चर्चित कलाकारहरु कुनै समय कलाकार नभई अन्य पेशा वा क्षेत्रमा जान चाहान्थे । आउँनुस ती स्टारहरुको बारेमा कुरा गरौँ जो कलाकार भन्नुभन्दा अगाडी लक्ष्य र बाटो फरक थियो ।
अनमोल केसी ः युवामाझ लोभलाग्दो क्रेज बनाएका नायक अनमोल केसीको फ्यानफलोईङ कति छ भनेर कृ को प्रमोसन ताका देखिईसकेको छ । प्रमोसनको समय अन्तरवार्तासमेत युट्युव टे«ण्डिङका परेका अनमोल आज यस्तो उचाईमा पुगिसकेका छन् की उनलाई ५० लाख सम्मको अफर आउँने गरेको छ । तर उनै अनमोल पहिले नायक बन्न चाहान्थेनन् । फिल्मी व्याकग्राउण्ड भएर पनि संगितमा निकै रुची राख्ने अनमोल गायक बन्न चाहान्थे । कलेजमा पढ्दा म्युजिकल ब्याण्डसमेत बनाएका अनमोलले ‘होस्टल’बाट डेब्यु गरे तब रातारात उनी स्टार भए । आज उनै अनमोल मेघास्टार, युवास्टार जस्ता उपनामले चिनिन्छन् ।
प्रदिप खड्का ः अनमोल जस्तै युवायुवतीमाझ आफनो बिषेश छाप बनाएका प्रदिप आरजे भिजेमा असफल हुँदै सफल नायक बनेका हुन् । भर्खरै मात्र ‘लिलिबिली’ जस्तो हिट चलचित्र दिएका प्रदिप कुनै समय कलाकार भन्दा रेडियो जकी अथार्त आरजे बन्न् चाहान्थे । सुरुवातमा रेडियो जकी बन्ने सपना बुनेर हिडेका उनले काम त गरे तर कसैले पनि आरजे बन्ने मौका भने दिएनन । त्यसपछि पनि उनको रहर र लक्ष्य पनि बढ्दै गयो ।
म्युजिक भिडियोप्रति पनि चासो राख्दै अगाडी बढेका प्रदिपको भाग्यले भने चलचित्र क्षेत्रमा डोहो¥यायो । चलचित्रमा अभिनय गर्ने सपना बुनेका उनले सुरुवाती दिनमा ठक्कर पनि खाए । ‘स्केप’ चलचित्रमार्फत डेब्यु गरेका प्रदिपले नराम्रो अनुभव बटुल्न प¥यो । भनिन्छ नी सुरुमा तितो पछि मिठो । यस्तै भयो प्रदिपलाई । आर जे बन्न नसकेका उनै प्रदिप आज सर्वाधिक पारिश्रृमिक लिने एकमात्र नायक हुन् ।
पल शाह ः युवामाझ निकै लोकप्रिय बनेका नायक हुन् पल शाह । उनको लोकप्रियता युवामाझ मात्र होईन बालबिालका र बृद्धबृद्धाहरुमा समेत देखिँदै आएको छ । म्युजिक भिडियो सम्पादक हुँदै मोडलको रुपमा पनि पर्दामा देखिएका पलले जति चर्चा र लोकप्रियता कमाए त्यो म्युजिक भिडियोबाट नै हो भन्दा फरक पर्देन ।बिना फिल्मी व्याकग्राउण्ड यहाँसम्म आईपुगेका पललाई आज चाहेको पारिश्रृमिक दिन निर्माताहरु तयार छन् ।
उनलाई आफनो चलचित्रमा लिन निर्माता निर्देशकहरु दुईफेर सोच्दै सोच्दैनन् किनकी बास्तवमा नायक नभई नेपाल आर्मी बन्न चाहान्थे ।देशका लागि काम गर्ने नेपाल आर्मी तथा प्रहरीप्रति उच्च सम्मान रहेको बताउँने पलले चाहेर आर्मीमा जान नपाएको एक अन्तरवार्तामा बताईसकेका छन् । आफु एक्सिडेट्ली मोडल र एक्टर बनेको बताउँने प्रदिप आर्मी र पुलिस बन्नु र राष्ट्रको सुरक्षामा लाग्नु ठुलो कुरा भएको बताउँछन् ।
केकी अधिकारी ः नेपाली चलचित्र क्षेत्रमा बौद्धिक र अब्बल अभिनय क्षमता भएकी नायिकाको रुपमा लिईन केकी अधिकारी फिल्मी व्याकग्राउण्डबाट भएपनि उनी डाक्टर बन्न चाहान्थिन् । डाक्टर पढ्नकै लागि ‘प्लस टु’को परीक्षा दिएपछि उनले एमबिबिएसको तयारी कक्षासमेत लिइन् । त्यतीबेला सम्म डाक्टर पढ्ने उनको चाहना दृण थियो तर उनको यात्रा यसरी मोडियो की आज उनी चलचित्र क्षेत्रमा चर्चित नायिकाको पंक्तिमा नै पर्ने पर्छिन् । भनिन्छ ‘जसको भाग्यमा जे लेखिएको हुन्छ, त्यही हुने हो ।’ केकीको जीवनमा पनि त्यस्तै भयो । त्यसैले त डाक्टर बन्ने सपना बुनेकी उनी ‘रियालिटी सो’मा भाग लिन पुगिन् ।केकी प्रतियोगितामा द्वितीय भइन् ।
ही सो उनका लागि ‘टर्निङ प्वाइन्ट’ बन्यो । टिभीमा देखिएकै कारण ‘क्लोज अप’को प्रमोसनका लागि अफर आएपछि नै उनको यात्राले बाटो मोडेको थियो । एमबिबिएस पढ्ने ईच्क्षा राखेकी केकी विषय परिवर्तन गरेर बिआइएम (म्यानेजमेन्ट) मा भर्ना भईन् ।त्यसपछि एकाएक मोडलिङमा छिरेकी केकीको पहिलो गीत ‘वनमा फुल्यो फूल’ एकाएक हिट भयो । गीत हिट अर्थात् केकी पनि हिट । त्यसपछि उनले म्युजिक भिडियोमा एकछत्र राज गरिन् । भिडियो हुँदै ‘स्वर चलचित्रमार्फत डेब्यु गरेकी केकी १७ वर्षकै उमेरमा नै ठुलो पर्दामा नायिका बनिन् ।
सुरक्षा पन्त ः ‘अझै’ पनि चलचित्रबाट डेब्यु गरेकी नायिका सुरक्षा पन्त टेलिभिजन हुँदै फिल्मी क्षेत्रमा प्रबेश गरेकी नायिका हुन् । झट्ट हेर्दा पनि सालिन लाग्ने सुरक्षा सुरक्षा पन्त हुन् । इन्जिनियरिङमा मास्टर्स गरेकी सुरक्षालाई सुरक्षा पनि बन्नु छ भने राम्रो नायिका पनि । सुरक्षा पढदा पढ्दै चलचित्र क्षेत्रमा हाम फालेकी उनी कविता फुराउन, स्केच बनाउन, फिल्म हेर्न र र अभिनय गर्न रुचाउँने सुरक्षाले ‘इमेज भिजे हन्ट’ बाट आफनो करियर सुरुवात गरेकी हुन् ।
No comments:
Post a Comment