नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला पुन चर्चामा आएकीछिन् । उनी चर्चामा आउँनुको कारण पनि चलचित्र तिमी संग नभई पुर्व मिस नेपाल निकिता चण्डक हुन् । हाल सम्म १० लाख सर्वाधिक पारिश्रृमिक लिएर नम्बर वान नायिका बनेकी साम्राज्ञीलाई निकिताले डेब्यु चलचित्रबाट नै पारिश्रृमिकमा टक्कार दिएकीछिन् ।
यतिबेला लण्डनमा ‘इन्टु मिन्टु लण्डनमा’ को सुटिङका लागि व्यस्त साम्राज्ञी सामाजिक सञ्जालमा भने निकै सक्रिय छिन् । चर्चित कोरियोग्राफर रेनसा राईको डेब्यु निर्देशनमा बन्न लागेको यस चलचित्रमा साम्राज्ञीले डेब्यु नायक धिरज मगरसंग स्क्रिन सेयर गरेकीछिन् । साम्राज्ञीले सामाजिक सञ्जालमा एउटा तस्बिर सेयर गरेकीछिन् जुन तस्बिरमा उनले फाईटर भन्ने क्याप्सन राखेकीछिन् ।
सधै क्युट , हट र बोल्ड तस्बिरहरु सेयर गर्ने गरेकी साम्राज्ञीको उक्त तस्बिर ‘इन्टु मिन्टु लण्डनमा’ को नै होकी होईन भन्ने जिज्ञासा पनि हुन सक्छ तर उनी पेन्ट बल खेल्नका लागि तयार भएकी हुन् । पछिल्लो समय ‘तिमी संग’ ले भने जस्तो कलेक्सन गर्न नसकेपनि ‘तिमी संग’ हेर्न जति दर्शकहरु उर्लिए त्यो साम्राज्ञीकै क्रेजले आएका भनिएको छ ।
No comments:
Post a Comment