
काठमाडौं, वैशाख–
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल २०६६ साल भदौ २५ सुदुरपश्चिममा एक कार्यक्रमको उद्घाटन गर्न कैलालीको धनगढी पुगेका थिए ।कार्यक्रम सकेर राजधानी फर्किँदा रात पर्यो । असुरक्षा हुने भन्दै सेनाको हेलिकप्टरले रातिमा नजान आग्रह गरेपछि हेलिकप्टर नेपालगञ्जमा अवतरण गरियो ।भोलिपल्ट मन्त्रीपरिषद् बैठक रहेका कारण प्रधानमन्त्री नेपाल भने विमानबाट भए पनि काठमाडौं आउन चाहान्थे । तर एउटा विमानमा आएको सामान्य समस्याका कारण नेपालगञ्ज विमानस्थल बन्द थियो । त्यसरात उनीहरू नेपालगञ्जको स्नेहा होटलमा बसे ।भोलिपल्ट सेनाको हेलिकप्टरबाट काठमाडौं फर्किने तयारीमा थिए, रुकुममा एक जना महिला सुत्केरी व्यथाले छटपटिएको कुरा थाहा पाए । तत्कानीन प्रधानमन्त्री नेपालका प्रेस सल्लाहकार विष्णु रिजालका अनुसार नेपालले सुत्केरीलाई काठमाडौं लिएरै जाने निधो गरे ।काठमाडौं विमानस्थलमा प्रसुतीगृहको एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्देशन दिएर प्रधानमन्त्री नेपालले बिरामी कमला चन्दलाई रुकुमबाट उद्धार गरे । सुत्केरी व्यथाले छटपटाएकी कमलालाई प्रसुती गृहमा भर्ना गरियो ।
प्रधानमन्त्रीले सुत्केरी व्यथाले छटपटाएकी महिलाको उद्धार गरेको भन्दै नेपालको प्रसंशा भएको थियो । सोमवार पूर्वप्रधानमन्त्री नेपाल आफ्नो घरमा आउँदा कमला पनि दंग थिइन् । ‘उहाँले मेरो जीवन रक्षा गर्नुभएको थियो’ कमला भन्ने गर्छिन् ।
भर्ना गरिएको भोलिपल्ट पनि नेपालले अस्पताल गएर भेटे । ९ वर्षपछि नेता नेपालले सोमवार रुकुममको मुसिकोट नगरपालिकामा गएर कमलाको परिवारलाई भेटे ।
No comments:
Post a Comment