नाच्न आएकी निरूता ‘आमा’ बनिन् ! - Sital Chautari .com

ताजा अपडेट



Tuesday, May 1, 2018

नाच्न आएकी निरूता ‘आमा’ बनिन् !

नाच्न आएकी निरूता ‘आमा’ बनिन् !

काठमाडौं । लामो समयपछि काठमाडौं आएकी अभिनेत्री निरुता सिंह एनएफडीसी अवार्डमा नृत्यका लागि आएकी थिइन् ।
छोटो समयका लागि नेपाल आएकी उनी विकास आचार्यको फिल्म नाई न भन्नु ल–५ का लागि बाल कलाकार अनुभव रेग्मीकी आमाको भुमिकामा देखिने भएकी छन् । उनले उक्त चरित्रका लागि सम्झौता गरेको आचार्यले बताए ।
अविरल पानी परेका कारणले शनिबार उनले नृत्य देखाउन पाइनन् । तर उनले ‘आमा’ बन्ने अवसर पाएकी छन् ।
तुलसी घिमिरेको फिल्म दक्षिणाबाट नेपाली रजतपटमा पाइला टेकेर एक दशकसम्म कुशल अभिनयमा जमेकी निरुता पछिल्ला समयमा हराएकी थिइन् ।प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझी, अनुभव रेग्मी, सेड्रिना शर्मा, अभिषेक नेपाल, स्वस्तिमा खड्कालगायतका कलाकारको अभिनय रहनेछ । सामीप्यराज तिमल्सेनाले लेखेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहने जनाइएको छ ।
उनी छैठौं एनएफडीसी अवार्डका लागि आएकी थिइन् । फिल्ममा अभिनय गर्नेबारे पनि चर्चा भइरहेको थियो ।
छिट्टै भारत फर्किने उनी फिल्मका लागि केही दिन नेपाल बस्नेछिन् ।

No comments: