यसरी नाचिन् दिलकुमारी थाली घुमाएर - Sital Chautari .com

ताजा अपडेट



Monday, April 30, 2018

यसरी नाचिन् दिलकुमारी थाली घुमाएर


काठमाडौँ – कला संस्कृतिको धनी हाम्रो देश नेपालमा विभिन्न मौलिक पररम्पराहरु छन् । जातजाती धर्म परम्परा अनुसार आ–आफ्नै संस्कृतिको विकास र जगेर्ना पनि गर्दै आएका छन् । यही मध्यको एउटा थाली नाच पनि हामी माझ उत्तिकै लोकप्रिय छ ।
विशेष गरि म्याग्दी जिल्ला र आसपासका जिल्लाहरुमा ‘थाली नाँच’ नाच्ने प्रचलन छ । निकै रोचक र आकर्षक थाली नाँच म्याग्दीमा मात्र सीमित नभई अहिले देश विदेशमा समेत पुगिसकेको छ । थाली नाचमा नाच्ने व्यक्तिले हातमा थाल राखेर हत्केलाले घुमाई–घुमाई नाच्छन् ।
यहि ‘थाली नाँच’ लाई अहिले दिलकुमारी रामजाली गर्वुजाले गीत तथा भिडियोमा प्रस्तुत गरेकी छिन । राम गगनको निकै मिठो मौलिक लय र शब्दमा तयार भयको गीतमा मिना गर्वुजा र लाली बुढाथोकीले निकै मिठो स्वर भरेका छन ।
बिहानी डिजिटलले बजार ल्याएको गीत तथा भिडियोलाई निकै कलात्मक ढंगले प्रस्तुत गरिएको छ । दिलकुमारी रामजाली गर्वुजा, जालामाया बुढाथोकी, पानु रोक्का, मिरा राम्जाली, र किस्मत तमाङ्गको निकै उत्कृष्ट अभिनय रहेको भिडियोलाई
अहिलेका चर्चित निर्देशक उमेश गुरुङ्गको निर्देशन मधुर बस्नेतको छायांकन अनि सुजन शाहीको सम्पादन रहेको छ ।
भिडियोलाई क्वालिटी फिल्मस्ले निर्माण गरेको छ । यस्ता मौलिक संस्कृतिलाई जगेर्ना गर्नु हामी सबैको दायित्व हो ।

No comments: