बलिउडमा यौन शोषणको वास्तविकता यस्तो छ ! - Sital Chautari .com

ताजा अपडेट



Monday, April 30, 2018

बलिउडमा यौन शोषणको वास्तविकता यस्तो छ !

Image result for sexual harassment

बीबीसी। भारतका स–साना गाउँ र शहरबाट हजारौं युवा युवती फिल्म स्टार बन्ने सपना सजाएर मुम्बई पुग्छन्। तर धेरैकालागि मुम्बई गएर बलिउडमा आफ्नो भाग्य चम्काउने अनुभव एक नराम्रो सपनामा परिणत हुन्छ। 
बीबीसी संवाददाता रजिनी वैद्यनाथन र प्रतीक्षा घिल्डियानले  यस्ता कयौं अभिनेत्रीसँग कुराकानी गरे, जसले कास्टिङ एजेन्ट्स र निर्देशकद्वारा यौन शोषणको सामना गर्नुपरेको तितो अनुभव सुनाए।

यस्तै व्यक्तिमध्ये एक कास्टिङ एजेन्टले सुजातालाई आफ्नो अर्पाटमेन्टमा आएर भेट्न भने। सुजातालाई यसमा कुनै गलत लागेन किनभने यस्ता मिटिङ घरमा हुनु सामान्य कुरा हो। तर, उनीमाथि जे भयो त्यो निकै दर्दनाक थियो। 
सुजाता भन्छिन्, ‘त्यसले मलाइ त्यही छोयो, जहाँ उ छुन चाहन्थ्यो। उसले मेरो कपडाभित्र हात छिरायो र मेरा कपडा उतार्न सुरु गर्यो म छाँगाबाट खसेजस्तै भएँ।’ आफूले त्यसो नगर्न आग्रह गर्दा उसले आफूलाई त्यस्तो व्यवहार फिल्म उद्योगकालागि ठिक नभएको बताएको सुजाताले बताइन्।
बीबीसीसँग सुजताको दाबी पुष्टि गर्ने कुनै तरिका छैन। तर, सुजताले बताए अनुसार उनी अभियनको काम प्राप्त गर्न कयौं पटक यौन शोषणको शिकार भइसकेकी छन्।
‘एक पटक म प्रहरीसमक्ष पनि गएँ, मेरो उजुरी प्रहरीले दर्ता गर्न मानेन। बरु प्रहरीले मलाइ ‘यी फिल्म क्षेत्रका मानिस आफूले चाहेको काम गर्न सक्छन्’ भन्ने अभिव्यक्ति दिए,’ उनले भनिन्। सुजाताले बीबीसीसँग आफ्नो पहिचान लुकाउन भनिन्, किनभने उनी यो विषयमा खुलेर काम गर्न डराउँछिन्।
बीबीसीले करिव एक दर्जन अभिनेत्रीसँग यो विषयमा कुराकानी गर्यो। उनीहरुले फिल्ममा भूमिका पाउनकालागि भद्दा टिप्पणी र यौन शोषणको सामना गर्नु परेको गुनासो गरे। यी अभिनेत्रीले आफ्नो पहिचान खोल्न अस्विकार गरे। किनभने उनीहरुमाथि बद्ला लिइने डर थियो।
राष्ट्रिय फिल्म पुरस्कारबाट सम्माति फिल्म अभिनेत्री उषा जावध ती महिलामध्येकी एक हुन् जसले यौन शोषणको अनुभवलाई सार्वजनिक रुपमा बताउन सुरु गरिन्। उनले आफ्नो कहानी सुनेर अन्य अभिनेत्रीले पनि आफ्नो अनुभव सुनाउन सकुन भन्ने आफ्नो उद्देश्य रहेको बताइन्।  उषा पहिलोपटक मुम्बई आउँदा उनलाई फिल्ममा काम गर्न निर्देशक र निर्मातासँग सुत्नु पर्छ भनेर भनिएको कुरा सम्झिनिछन्।
आफूमाथि भएको घटना सम्झिँदै उषा भन्छिन्, ‘मलाइ के भनियो भने तपाइँलाई हामीले केही दिइरहेका छौं भने त्यसको बदलामा हामीलाई पनि केही दिनुपर्छ।’ उषा भन्छिन्, ‘फिल्म उद्योगमा केही युवतीलाई के लाग्छ भने  आफूहरुसँग निर्देशक  र निर्माताले भनेको कुरामा सहमति जनाउनु बाहेक कुनै विकल्प हुँदैन। जुन गलत कुरा हो।’
उनले आफूले यस्ता सेक्सुअल प्रिपोजिशंसलाई अस्विकार गरेको बताइन्। तर, त्यसबापत आफूलाई धम्की दिने गरिएको बताइन्। बीबीसीसँग कुरा गर्दै अभिनेत्री राधिका आप्टे भन्छिन्, ‘शक्ति नै यस्तो चिज हो जसले यस्ता चिजलाई जन्म दिन्छ।’ फिल्म उद्योगका यस्ता ठूला नाम भएका व्यक्तिले अहिलेसम्म यो विषयमा मुख खोलेका छैनन्। तर, राधिका आप्टे ती अभिनेत्रीमा शामेल छिन् जसले यो विषयमा खुरेल आफ्नो फैसला सार्वजनि गरिन्।
केही समय अगाडि उनले प्याडम्यान फिल्ममा काम गरिन्। यो फिल्ममा एक यस्तो पुरुषको कहानी छ जो महिलाकालागि सस्तो स्यानिटरी प्याड बनाउथ्यो। राधिका आप्टे अन स्क्रिन र अफ स्क्रिन दुवै ठाउँमा महिला अधिकारको विषय उठान गर्छिन्।‘मैले यो विषयमा खेलेर बोल्न सुर गरे। मलाई फिल्म उद्योगका ती महिलाको अवस्था पनि सम्झना छ, र उनीहरुमाथि दया लाग्छ जो यो विषयमा बोल्न डराउँछन्,’ उनी भन्छिन्। राधिकाका अनुसार बलिउडमा प्रवेश गर्ने कुनै सरल वा निर्धारित तरिका छैन। यही कारण महिला अभिनेत्रीसँग यस्ता घटना हुन्छन्।
केही समय अगाडि दक्षिण भारतको तेलुगू फिल्म उद्योगकी एक अभिनेत्री श्रीरेड्डीले आफूमाथि भएको कास्टिङ काउजको विरोध गर्दैै  फिल्म एसोसिएशनको परिसरमा सार्वजनिक रुपमा कपडा उतारेकी थिइन्।  सुरुमा त सस्तो लोकप्रियताकालागि यस्तो गरेको बताइएको थियो।
र स्थानीय कलाकार एसोसियनले उनीमाथि प्रतिबन्ध पनि लगायो। तर राष्ट्रिय मानवअधिकार आयोगको दबावपछि उनीमाथिको प्रतिबन्ध हटाइएको छ। अहिले तेलगू फिल्म उद्योगले यो विषयमा छानविन गर्न एउटा यौन उत्पीडन कमिटी बनाएको छ। श्रीरेड्डीले बीबीसीसँग भनिन्, ‘यदि फिल्म उद्योगका मानिस मसँग मेरो नांगो फोटो माग्छन भने मैले सार्वजकि रुपमा कपडा उतार्न किन नहुने?।’
बलिउडमा एक अर्की चर्चित अभिनेत्री कल्की केकलाँले बीबीसीसँग यो विषयमा कुरा गर्दै आफ्नो अनुभव सुनाइन्। कल्कीले आफूमाथि बच्चा बेलामा भएको यौन शोषणका विषमया खुलेर बताइसकेकी छन्। उनले आफूमाथि भएको अन्याय र गलत व्यवहारको खुलेर विरोध गर्न नसेक्नु दुखद भएको बताउँछिन्। ‘यदि तपाइँको कुनै पहिचान छैन भने कसैले पनि तपाइँलाई सुन्न चाँहदैन। यदि तपाइँ एक सेलिब्रिटी हो भने तपाइँले बोलेको कुरा ठूलो हेडलाइन हो,’ उनी भन्छिन्।
तर उत्पीडनको विषय बलिउड भन्दा बाहिर पनि फैलिएको छ। भारतमा एउटा ठूलो फिल्म बजार छ। जहाँ फरक फरक भाषका फिल्म बन्छन्। यी क्षेत्रीय सिनेमााम काम गर्ने महिला कलाकार पनि आफूमाथि हुने उत्पीडनका विषयमा बोल्न थालेका छन्।


No comments: