फेसबुकमा जथाभावी लेख्नेलाई पाँच वर्ष जेल सजाय - Sital Chautari .com

ताजा अपडेट



Monday, April 30, 2018

फेसबुकमा जथाभावी लेख्नेलाई पाँच वर्ष जेल सजाय

Image result for facebook
वैशाख १७ – 
फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच वर्ष जेल सजाय दिइएको छ ।
इस्लाम विरुद्ध फेसबुकमा जथाभावी लेखेको भन्दै ती व्यक्तिलाई पाँच वर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन् । इन्डोनेसियामा हालै जारी गरिएको विद्युतीय सूचना सम्न्धीब एउटा कानूनी व्यवस्था विवादमा परिरहेको छ ।
‘उहाँलाई पाँच बर्ष जेल सजायको फैसला भएको छ, साथै सात हजार २०० अमेरिकी डलर जरिवाना पनि गरिएको छ’, बहारीका वकील अन्डी कोमाराले भन्नुभयो । उहाँले थप्नुभयो, ‘हामीले यस फैसलाको पुनरावलोकन गराउने छाँै, किनकी त्यहाँ धेरै विषयलाई बङ्ग्याइएको छ ।’
विवादास्पद कानूनको शिकार ३९ बर्षका अल्नोल्डी बहारी हुनुभएको छ । उहाँले आफूले इश्वरीय शक्तिको अनुभव गरेको दावी गर्दै अन्य मुस्लिम समुदायको इश्वरप्रतिको विश्वासमाथि प्रश्न उठाउनु भएको थियो ।

No comments: