च्याम्पियन्स लिग सेमिफाइनल : हौसिएको रियल र इख लिएको बार्यन - Sital Chautari .com

ताजा अपडेट



Monday, April 30, 2018

च्याम्पियन्स लिग सेमिफाइनल : हौसिएको रियल र इख लिएको बार्यन

Image result for bayern munich
वैशाख १८ – च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेशका लागि रियल मड्रिड र बार्यन म्युनिख फेरि एकपटक खेल्दैछन् । च्याम्पियन्स लिगको फाइनल पुग्ने बार्यनको सपनामा पोहोरदेखि नै रियलले तगारो हालिरहेको छ । मंगलबारको खेलमा बार्यन यो तगारो उघारेर अघि बढ्न चाहन्छ । तर, घरेलु मैदान र दर्शक तथा पहिलो लेगका जितका कारण हौसिएको रियललाई रोक्न उसले फलामको च्युरा चपाएसरह कठिनाईको सामना गर्नुपर्नेछ ।
खेल रियलको घरेलु मैदान सेण्टिआगो बर्नबाउमा नेपाली समय अनुसार मंगलरबार राति साढे १२ बजेपछि सुरु हुनेछ ।
रियल मड्रिडका पूर्व प्रशिक्षक योप हाइनकेसको प्रशिक्षणमा रहेको बार्यनले यो सिजन बुन्डेसलिगा र जर्मन कपको उपाधि जितिसकेको छ ।
प्रतियोगिताको अघिल्लो संस्करणमा रियलले नै बार्यनलाई हराएर घर फर्काइदिएको थियो । च्याम्पियन्स लिगमा घरेलु मैदानमा खेलका ७ खेलमा रियलले हार्नुपरेको छैन । अझ जिनेदिन जिदानको प्रशिक्षणमा रियलले घरेलु मैदानमा च्याम्पियन्स लिगमा कुनै पनि खेल हारेको छैन । यस्तै, च्याम्पियन्स लिगमा घरेलु मैदानमा दुई एकले हारेको टिम पछिल्ला सात खेलमा कमब्याक गर्न सकेको छैन ।
Image result for real madrid
रियल र बार्यन युरोपियन फुटबल प्रतियोगितामा २६ औं पटक आमने सामने हुन लागेका हुन् । च्याम्पियन्स लिगको अघिल्लो सिजनको क्वाटरफाइनलमा रियालले बायर्नलाई समग्रमा ६–३ ले हराएको थियो । आजको खेल बार्यनका लागि गत सिजनमा ब्यहोर्नुपरेको हारेको बदला लिने अवसर पनि बन्नेछ । तर च्याम्पियन्स लिगको १२ पटकको च्याम्पियन टिम रियल मड्रिडलाई हराउनु चानचुने पक्कै हुने छैन । पहिलो लेगमा अवे खेलमा हात पारेको जितले रियललाई झनै हौस्याएको छ ।
बार्यनको घरेलु मैदानमा भएको पहिलो लेगमा रियल २–१ ले विजयी भएकाले आजको खेलमा रियललाई बराबरी पनि फाइनल पुग्नका लागि पर्याप्त हुनेछ । तर पहिलो लेगमा बार्यनले रियललाई कडा टक्कर दिएकाले बार्यनले दोस्रो लेगमा कमब्याक गर्नसक्ने विश्लेषण पनि फुटबल पण्डितहरुले गरेका छन् ।तर यो रियलका समर्थकलाई खुशी हुने कारण मात्र हो किनभने खेल इतिहासको निरन्तरताका लागि मात्र होइन नयाँ इतिहास बनाउन र पुराना इतिहास भत्काउनका लागि पनि खेलिन्छ ।रियलको हौसला वा पोहोरदेखि च्याम्पियन्स लिगमा रियलको तगारो तोड्ने बार्यनको इख के ले काम गर्ने हो त्यो हेर्न बाँकी नै छ ।

No comments: