नेपाल प्रहरीमा डिआइजी सर्वेन्द्र खनालले कुशल नायकको रुपमा आफूलाई स्थापित गरेर जनस्तरबाट स्यावासी पाएका छन् । कुरामा भन्दा काममा विश्वास गर्ने खनाललाई सरकारले जहाँ अपठ्यारो त्यहाँ सम्झने गरेको छ । महानगरीय अपराध महाशाखाको प्रमुख भएर जनताको मन जित्ने गरी काम गरेका खनालले दजनौ स्मरणयोग्य काम गरेका छन् । भुकम्पको बेलामा सिन्धुपाल्चोक जेलबाट भाग्ने सन्की लामा, जमिम शाहको हत्यामा मुछिएका पूर्व डिएसपी जगदीश चन्दलाई पक्राउ गर्न सफल भएका थिए । युनिटी प्रकरणमा विष्णु खत्रीका दाजुभाई र ललितपुरको १२ बर्षेसम्म रहस्यमय रहेको हत्याकाण्ड, म्यानपावरको धन्दा चलाइरहेका कन्सल्ट्यान्सीलाई कानुनी दायरामा ल्याउनुको साथै नक्कली मिटर बनाएर तेल बेच्ने गिरोहलाई समेत पक्राउ गर्न सफल भएका थिए ।
राष्ट्र र जनताको पक्षमा काम गर्ने कुशल नायकहरु विरलै जन्मन्छन् । जसको कामप्रति सबैले गर्व गर्छन । आशा र भरोषा पनि । समाजलाई सही बाटोमा डोहोर्याउने रसमाजमा रहेका विकृति र विसंगतीको विरुद्ध धावा बोल्ने नै साचो अर्थमा नायक हो । त्यही भएर हरेक फिल्म निर्माण गर्दा नायकले खेल्ने भूमिका सधै सकारात्मक र शिक्षामूलक हुन्छ । खलनायक र भिलेनहरुको भूमिका भए पनि अर्थपूर्ण र चर्चा हुँदैन ।
कुमार श्रेष्ठ घेटैको इन्काउन्टर होस वा समाजमा अपराधी क्रियाकलाप मार्फत ताङक सृजना गर्नेहरु अहिले पनि सर्वेन्द्र खनाल भन्दा झस्किने गरेका छन् । कारवाही गर्ने क्रममा धेरै ठाउँमा बालबाल बाँच्न सफल खनालको नाम सुन्ने वित्तिकै डाँकाहरुको सात्तो जाने गर्छ । प्रहरी संगठनमा कार्यरत भएदेखि डिआइजी हुँदासम्म खनालले राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय अनुभव बटुल्न सफल भएका छन् । डिआइजी सर्वेन्द्र खनालको १२ रोचक घटनाः
‘दिपेन्द्र सरकार यी गुण्डा हुन ठिक पार्नुपर्छ’
एकताका दरवार मार्गमा गु्ण्डाहरुको विगविगी थियो । खनालले पहिलो निशाना गुण्डागर्दी गर्नेहरुमाथि लगाए । उनले अपराधमुक्त समाज निर्माण गर्न गुन्डागर्दीको विरुद्ध अप्रेसन सुरु गरे । दरवार मार्गमा एक दिन अप्रेसनको क्रममा मन्त्रीका छोरा र शाही नातेदारपर्ने गुण्डा पक्राउ परे । खनालसंग तत्कालिन युवराज दिपेन्द्र शाह पिज्जा किन्ने क्रममा नाङ्लोमा भेट भयो । खनाल सादा पोसाकमा थिए । पक्राउ परेकाहरुले दिपेन्द्रलाई गुनासो पनि गरे । अनि खनालले दिपेन्द्रलाई कन्भिन्स गर्दै भनेका थिए–‘सरकार यिनीहरु खुकुरी सहित पक्राउ परेका हुन यिनीहरुलाई कारवाही गर्नुपर्छ ।’ त्यसपछि दिपेन्द्रले केही नभनी बाटो लागे ।

नौ जनाको हत्या गर्ने डाँका मारिँदा गाउंले रुदारुदै हाँसे
पर्साको नगरदाहमा जग्गाको झगडामा डाकाहरु घुसेर नौ जना स्थानीयको हत्या गरे । घटना थाहा पाए लगत्तै खनालको टोली घटनास्थलमा पुग्यो । नौ जनाको हत्याले गाउँलेहरु पूरै शोकमा थिए । प्रहरी गाउँमा पुग्दा गाउँले निकै आशावादी देखिए । तर डाँका भागी सकेका थिए । घटनामा संलग्न व्यक्तिको खोजी गर्ने काममा खनालको टोली खटियो । हत्यामा संलग्न डाँका रामानन्द यादवलाई प्रहरीले पक्राउ गर्न खोज्दा उल्टै उनले फायर खोल्न खाजेपछि खनालले छातीमा हानेर ढालिदिए । त्यसपछि गाउँले यति खुसी भए कि नौ जनाको मृत्युमा शोकाकुल भएका परिवारले युद्ध जितेजस्तो महशुस गरे । गाउँले रुदारुदै हाँसे ।
रामचन्द्रलाई आन्दोलनकारीको बीचबाटै वार्तास्थल
अन्तरिम संविधान जारी भएपछि मधेस आन्दोलन भयो । नभन्दै सरकार र आन्दोलनरत उपेन्द्र यादव नेतृत्वको मोर्चाबीच वार्ता हुने तय भयो । त्यतिबेला शान्ति मन्त्री रामचन्द्र पौडेल थिए । बाटाभरी आन्दोलनकारी थिए । त्यहाँ सुरक्षाको जिम्मेवारी पनि खनालले नै लिएका थिए । काठमाडौबाट वार्ताको लागि वीरगञ्ज पुगेका रामचन्द्र पौडेललाई खनालले एउटा गाडीमा हालेर वीरगञ्जको एउटा प्राफेसरको घरमा पुर्याएका थिए । निकै चुनौती थियो । वार्ता पनि सफल भयो । सुरक्षामा पनि कुनै कमजोरी हुन दिइएन, खनाल सम्झन्छन ।
गोदावरी पुग्दा भित्र छिर्नै मुस्किल
सरकार माओवादीबीच वार्ता हुने बेलामा खनाल चिफ सेक्युरिटी अफिसर थिए । त्यति बेला सुरक्षाको बन्दोबस्त गर्ने कुरा त्यति सहज थिएन । प्रहरीले माओवादीको विश्वास नगर्ने, माओवादीले प्रहरीको विश्वास नगर्ने अवस्था थियो । जनआन्दोलनको सफलतापछि गोकर्ण र गोदावरीको वार्ताको सुरक्षा खनालले नै नेतृत्व गरेका थिए । माओवादीसँग समन्वयन गरेर सुरक्षा प्रदान गर्न निकै कठिन भयो ।गोदावरी वार्ताको घटना सम्झदै खनालले भने,‘म गोदावरी पुग्दा माओवादीले होटललाई घेरा हालिसकेका थिए, भित्र जाने विषयमा भनाभन भयो, मैले भने यो राज्यको जिम्मेवारीको कुरा हो, यहाँको सुरक्षाको जिम्मेवारी प्रहरीको हुन्छ ।’ भित्र जाने र नजाने विषयमा हल्लाखल्ला भएपछि बल्ल प्रहरीलाई भित्र जान दिइयो । होटलभित्र माधव नेपाल, शेर बहादुर देउवा, रामचन्द्र पौडेल, माओवादीका अध्यक्ष प्रचण्ड बाबुराम सबै थिए । निकै चुनौतीको बीच पनि सुरक्षामा कुनै कमी हुन दिइएन, उनले सम्झिए

मधेसमा निकै लोकप्रिय
जनकपुर, पर्सा लगायतको स्थानमा बस्दा खनालले गुण्डागर्दी, तस्करी नियन्त्रण, आफ्नै प्रहरी संगठनका डिएसपीको घटुवा लगायतको काम गरे । उनले बारामा पनि ठुलो चुनौतीको सामना गरेका थिए । गुण्डागर्दी नियन्त्रण गर्ने अभियान थालेपछि खनालले थुप्रै पटक समस्याको सामना गर्नुपर्यो । तर पनि उनी राम्रो कामको पक्षमा कहिल्यै पछाडि हटेनन् । त्यही भएर अहिले पनि मधेसमा खनाल लोकप्रिय छन । मधेसका जनताले अहिले पनि सर्वेन्द्र खनालजतिको व्यक्ति चाहिने माग गर्ने गरेका छन् ।
गणतन्त्र घोषणा गर्दाको ४८ घण्टा
गणतन्त्र घोषणा गर्नको लागि सबै नेताहरु नयाँ वानेश्वरमा भेला भएका थिए । दलहरुको बीचमा कुरा मिल्न सकेको थिएन । राजधानीका सडकभरी मानिसहरु भरिभराउ थिए । अर्कोतिर राजवादीहरु पनि सक्रिय थिए । खनालको नेतृत्वमा त्यस दिन राजधानीका विभिन्न स्थानबाट धेरै मानिस पक्राउ परे । त्यसै दिन संविधानसभा भवन अघि बम पड्काएपछि राजधानी आतंङकित बन्न पुग्यो । घटनामा संलग्न दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भयो । नभन्दै त्यस दिन कुनै पनि मानविय घटना घट्न नदिन प्रहरीले ४८ घण्टा भोकभोकै सुरक्षा दिएको खनाल सम्झन्छन् ।

मन्त्रीलाई कारवाही गर्छु भन्दा आन्दोलन शान्त
धनुषामा एक जना सईले मुस्लिम महिलामाथि बलात्कार गर्ने सईलाई संरक्षण दिएको भन्दै एसपी र सिडियो विरुद्ध ठूलो आन्दोलन भयो । तत्कालीन मन्त्री सञ्जय टकलाले आन्दोलनको नेतृत्व गरेका थिए । आन्दोलनमा सबै राजनीतिक दलहरुको सहभागीता थियो । निकै अपठ्यारो परेपछि हेटक्वार्टले खनाललाई त्यहाँ पठायो । धनुषा पुग्ने वित्तिकै उनले आफ्नो कमाण्ड सम्हाले । एयरपोर्टमा प्रहरी लिन समेत आउने वातावरण थिएन ।सबै आन्दोलनमा थिए । आन्दोलनकारीले जानकी चौकी हमला गर्न खाजे । तर खनालले हमला हुन दिएनन् । त्यतिबेला नै धनुषामा पेट्रोल बम हानियो । त्यसपछि खनालले मन्त्री टकलालाई अब आन्दोलन नरोके पक्राउ गर्ने चेतावनी दिए । महेन्द्रको पालामाजस्तै पेट्रोल बम हान्ने काम भएकाले नछोडने बताएपछि आन्दोलन केही क्षणमै शान्तिपूर्ण भयो । जनकपुरको जानकी महोत्सवका लागि राष्ट्रपति डा. रामवरण यादव जनकपुर जान जम्मा तीन दिन बाँकी थियो । तीन दिनको बीचमा सबै कुरा मिलाउन सकियो, खनाल भन्छन–काम गर्ने इच्छाशक्ति हुने हो भने असम्भव केही पनि छैन ।’
शसस्त्र क्याम्प अगाडि डाँकाको शालिक ढाल्ने काम
जनकपुरमा डाँकाहरुको विगविग यतिसम्म थियो कि भनि साध्यै थिएन । समाजमा शान्ति सुरक्षा गर्ने केही प्रहरीका हाकिम नै डाकासँग मिलेर कमाउ धन्दा गर्थे । जब खनाल जनकपुर पुगे । तब डाँकाको सात्तो जाने क्रम सुरु भयो । जनकपुरमा सशस्त्र प्रहरुीकोको क्याम्प अगाडि राजन मुक्तिको भाईको नाममा सशस्त्र समुहले शालिक निर्माण गरिरहेका थिए । १३ महिनासम्म त्यो शालिक त्यही रह्यो । खनाल जनकपुर गएर गुण्डागर्दी नियन्त्रणको काममा अग्रसर भएपछि शसस्त्र समुहले बनाएको शालिक ढाले । त्यसपछि शसस्त्र समूहसँग मिलेर काम गर्ने एक जना डिएसपीको उनले घटुवा गरिदिए । त्यस लगत्तै डाँका समुहमाथि भएको अप्रेसनमा केही मारिए केही भागे । जनकपुरमा डाँका नियन्त्रण भएपछि स्थानीयहरुले ठूलो खुसीयाली मनाएका थिए ।

निर्वाचनमा कफूर्य लाग्नबाट रोकपछि ……
दोस्रो संविधानसभाको निर्वाचन हुँदा खनाल अञ्चल प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै नारायणीमा थिए । सुरक्षा संवदेनशिलताको दृष्टिकोणले बारा, पर्सा, रौतहट, मकवानपुर र चितवन अत्यन्तै संवेदनशील क्षेत्र थिए । प्रचण्ड सुशील कोइराला र माधव कुमार नेपाल त्यहीबाट उठेका थिए । निर्वाचनको अघिल्लो दिन चितवनमा तनाब भयो । सिडियो र डिएसपीको कर्फ्यू लगाउने प्रस्तावमा खनालले निर्वाचनको समयमा चितवनमा कर्फ्यू लगाउँदा देशभर गलत म्यासेज जान्छ भनेर कर्फ्यू नलगाई नै स्थितिलाई साम्य पार्ने काम गरे । नभन्दै निर्वाचन सहज वातावरणमा सम्पन्न भयो, खनाल सम्झन्छन् ।
मृतकलाई लाइसेन्स
नारायणी अञ्चलको प्रमुख हुँदा खनालले त्यहाँको यातायात व्यवस्था विभागमा छापा हान्ने क्रममा मृतलाई समेत लाइसेन्स दिएको फेला पारे । घटनामा संलग्न सात जनालाई कारवाही नै गरे । खनाल त्यहाँ बस्दा भन्सार छलेर ल्याएका सामानहरु धेरै समातियो । तस्करहरुको काम धन्दा चौपट नै भयो ।

पेट्रोलपम्पहरुमा छापा र ठगी गर्ने मेसिनको पर्दाफास
काठमाडौं महानगरिय अपराध अनुसंधान महाशाखाका प्रमुख भएकावेला नै हो उनले १६ पेट्रोलपम्पमा एकै पटक छापा मारेको । देशले भारतीय नाकाबन्दीको मार खेपिरहेकावेला पेट्रोलपम्पहरुले चिप्स् जोडेर रिमोट मार्फत १०० मा ३ देखि ४ लिटर ठग्ने गरेको अनुसन्धानवाट खुलेपछि सर्वेन्द्रकै नेतृत्वमा छापा हानिएको थियो । यो छापा काण्ड त्यसवेला चर्चाको शिखरमा पुगेको थियो ।

म्याच्च फिक्सिङले झन लोकप्रिय
नेपाल प्रहरीको भावी आइजीको दौडमा रहेका नायव प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अहिले ट्राफिक प्रहरी महाशाखाको नेतृत्वमा रहेका छन । अहिलेसम्म पाएका जिम्मेवारीमा सफल रहँदै आएका खनाल अन्य प्रहरी अधिकृतको तुलनामा स्वच्छ छवीका मानिन्छन । नेपाल प्रहरीको डिआइजीको एक नम्बरमा रहेका खनाल प्रहरी संगठनका लागि अति आवश्यक भएको कुरा स्वयं उच्च पदस्थ प्रहरी पदाधिकारीले बताउने गरेका छन । फुटबलमा म्याच्च फिक्सिङ गरेर नेपालीको शिर झुकाउने खेलाडीका विरूद्धमा सफल अप्रेसन चलाएका खनालले काठमाडौँमा गुण्डा नियन्त्रणका लागि समेत महत्वपूर्ण काम गरे । खनाल प्रहरी सेवामा रहेका अहिलेका डिआइजी मध्ये विवादरहित एकमात्र पात्र हुन ।
कन्सलटेन्सीको भागाभाग
शैक्षिक परामर्श दिने नाममा साइनबोर्ड राखेर मानव तस्करी गर्ने आरोप लागेका ४ दर्जन कन्सलटेन्सीमा एकै पटक छापा मारियो, सर्वेन्द्रकै नेतृत्वमा । ती मध्ये धेरैजसो अबैध निश्किए । १ सय ३० कन्सलटेन्सी मात्र दर्ता थिए । तर छापा मार्न थालेपछि हतार–हतार १ हजारभन्दा बढी कन्सलटेन्सीले बैधानिक बाटो समाते र कम्पनी दर्ता गराए । २ सयभन्दा बढी कन्सलटेन्सी सधैंकालागी बन्द भए ।
ट्राफिक प्रहरी प्रमुखका रूपमा गरेका सफल काम
उपत्यका भीत्र संचालनहुने भाडाकारहरुले कम्प्युटर बिलिंग प्रणाली (प्रिन्टर) मिटर जडान नगरी सर्वसाधारण यात्रुहरुलाई अनिमियतित तवरले भाडा लिने गेरको सम्बन्धमा मिति २०७४ श्रावण २८ गते ११५ वटा भाडाका कार नियन्त्रणमा लिई नाप तौल बिभागको समन्वयमा मिटर जडान गर्ने कार्य कार्यन्वयन गराए । विश्व सम्पदा सुचीमा रहेको पशुपति मन्दिर परिसरको निश्चित एरियालाई सवारी साधन निषेध एरिया तथा एकतर्फी रुपमा लागु गर्ने कार्य सम्पन्न गराए जस्ले दर्शनार्थीलाई सहज र सम्पदाको संरक्षणमा टेवा पुग्यो । काठमाण्डौ उपत्यकाका वडा नम्बर १७, १८, १९, २४, २५ र २७ मा पर्ने असन, इन्द्रचोक, मख्खन, त्यौड, ठैंटी, भेडासिंह, नरदेवी, किलागल लगायतका सडकहरु उक्त क्षेत्रका पैदलयात्रीलाई सशज गराउन स्थानिय हरुको समन्वयमा चारपाङ्ग्रे सवारी सधन चल्न निषेध गराए ।
No comments:
Post a Comment