पल शाहले पुजा शर्मालाई बेवास्ता गरेपछि… - Sital Chautari .com

ताजा अपडेट



Saturday, April 21, 2018

पल शाहले पुजा शर्मालाई बेवास्ता गरेपछि…

‘म यस्तो गीत गाउँछु’ चलचत्रमा एकसाथ देखिए पश्चात पल शाह र पुजा शर्माको जोडी निकै रुचाइएको । उनीहरुको केमेस्ट्रीको समेत चर्चा व्यापक भयो ।तर हाल उनीहरुले एकसाथ काम गरेका छैनन्
पुजाले यो फिल्मका लागि पललाई किन आफ्नो च्वाइसमा राखिनन् भन्ने प्रश्न उठ्छ । यसबारे उनले मुख खोलेकी छिन् ।उनि भन्छिन ‘मैले रामकहानी गर्दा पल लाइ सम्झेको थिए तर उसले नै वास्ता गरेन ‘
उनी भन्छिन्, ‘सुदर्शनजीले पललाई फोन गर्नुभयो, तर उनले फोनै उठाएनन् । पछि, मैले फोन गर्दा सुदर्शन दाइसँग पैसाको बिषयमा कुरा नमिलेको बताए । ’
यता यतिबेला पुजा चलचित्र ‘रामकहानी’ निर्माणमा व्यस्त छिन् । यो चलचित्रमा उनले आकाश श्रेष्ठसँग आफ्नो जोडी बाँधेकी छिन् ।
पूजाले आफ्नो टिमले पलसँग ३ वटा चलचित्रमा काम गर्ने तयारी पनि गरेको तर पलले नै रेस्पोन्स नगरेपछि काम गर्न नसकिएको दाबी गरेकी छिन् । पुजाको अर्का नायक प्रदिप खड्कासँगको सम्वन्ध पनि गसिपको विषय बन्दै आएको छ ।‘प्रेमगीत’ को यो हिट जोडी पनि फेरि दोहोरिएको छैन । प्रेमगीतपछि उनीहरुबीच मनमुटाव भएर बोलचालै बन्द भएको समेत खबर थियो ।

No comments: