गौतम बर्दिया–१ मा कांग्रेसका सञ्जय गौतमसँग ७७४ मतको झिनो अन्तरले पराजित भएका हुन् । एमालेबाट वाम गठबन्धन निर्माणमा गौतम प्रमुख सूत्रधारका रूपमा खटिएका थिए । सोही कारण दुवै पार्टीका नेता–कार्यकर्ताको सद्भावले जित सहज रहेको अनुमानविपरीत उनी पराजित भए । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गौतमले ४४ हजार ७६ मत ल्याएका छन् भने विजयी कांग्रेसका गौतमले ४४ हजार ८२३ प्राप्त गरे ।
प्रधानमन्त्रीको दाबेदार
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष ओली नै प्रधानमन्त्रीको स्वाभाविक दाबेदार रहेको बताएलगत्तै गत साता गौतमले वाम गठबन्धनका तर्फबाट आफू प्रधानमन्त्रीको दाबेदार भएको घोषणा गरेका थिए । पार्टीबाट अध्यक्षसहित तीन वरिष्ठ नेता प्रधानमन्त्री बनिसकेकाले गठबन्धन निर्माणमा सक्रिय रहेका कारण पनि आफू स्वाभाविक दाबेदार भएको गौतमको तर्क थियो । ओलीसँग चार वर्षअघि भएको भद्र सहमतिअनुसार पनि गौतमले सांसद जितेपछि आफूलाई संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार दाबी गर्ने कतिपयले अनुमान गर्दै आएका थिए । गौतमनिकट स्रोतले पनि सोही कारण आफूमाथि अन्तर्घात भएको हुन सक्ने आशंका गरेको छ ।
गठबन्धन एकतामा रूपान्तरित हुनेमा विश्वस्त छु
पराजयलगत्तै गौतमले आफूमा निराशाबोध नभएको भन्दै गठबन्धन क्रमशः पार्टी एकतामा रूपान्तरित हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । ‘म वाम गठबन्धनको एउटा प्रमुख सूत्रधारको हैसियतले गठबन्धनले प्राप्त गरेको यो अपार सफलताबाट ज्यादै हर्षित छु । म व्यक्तिगत रूपमा पराजित हुनुपरे पनि मेरो पार्टी र समग्र वाम गठबन्धनले हासिल गरेको अद्वितीय विजयले मलाई आफ्नो पराजयबाट रत्तिभर पनि निराशाबोध भएको छैन,’ गौतमले विज्ञप्तिमा भनेका छन्, ‘जनताले वाम गठबन्धनप्रति देखाएको यो अगाध प्यार र विश्वासले मलाई अत्यन्त उत्साहित बनाएको अनुभूति भइरहेको छ । यो गठबन्धन क्रमशः पार्टी एकतामा रूपान्तरण हुँदै समाजवाद निर्माणको महत्वपूर्ण अध्यायमा मुलुक प्रवेश गर्ने कुरामा म विश्वस्त छु।’

प्रदेश सांसदलाई भन्दा तीन हजार मत कम
स्थानीय तहको निर्वाचनमा प्राप्त परिणामका आधारमा बर्दिया–१ मा एमाले र माओवादी केन्द्रको मतका आधारमा वाम गठबन्धनका लागि सुरक्षित क्षेत्र मानिन्थ्यो । प्युठानमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई क्षेत्र छाड्नुपर्ने भएपछि गौतमले सुरक्षित क्षेत्रका रूपमा बर्दिया रोजेका थिए । तर, प्रदेश सभाका दुवै क्षेत्रमा वाम गठबन्धनकै उम्मेदवार विजयी हुँदा गौतम भने उनीहरूले प्राप्त गरेकोभन्दा करिब तीन हजार कम मत पाएर पराजित भएका छन् ।

प्रदेश १ बाट एमालेका कविराम थारूले २३ हजार ५६० तथा र प्रदेश २ बाट माओवादी केन्द्रका तिलकराम शर्मा २३ हजार ३९२ मत प्राप्त गरी विजयी भएका छन् । उनीहरूले प्राप्त गरेको कुल मत ४६ हजार ९५२ हुन्छ । तर, दुवैको कुल मतभन्दा २८ सय ७६ मत कम पाएका गौतमले पार्टीभित्रैबाट अन्तर्घात भएको आशंका गरेका छन् । गौतमको आशंका स्वाभाविक प्रमाणित हुँदाको अवस्थामा भने उनी करिब ६ हजारको मतान्तरमा विजयी हुन सक्थे ।
एमाले बर्दियामा अध्यक्ष केपी ओलीनिकट हरि ज्ञवाली अध्यक्ष छन् । जिल्ला कमिटीमा पनि संस्थापनकै बहुमत छ । गौतमनिकट स्रोतले पूर्वसांसद श्याम ढकाल, केन्द्रीय खेलकुद विभागका सचिव दामोदर अर्यालगायतको समूहले असहयोग गरेको आशंका गरेको छ ।
मलाई हराउन प्रशस्तै षड्यन्त्र भयो : वामदेव गौतम
निर्वाचन परिणामलाई कसरी लिनुभएको छ ?
मैले यसलाई अनपेक्षित रूपमा लिएको छु । यो कसरी भयो भन्ने विषयमा पहिला सबै मूल्यांकन गरेर, तथ्य–प्रमाणहरू जुटाउनुपर्ला भन्ने लागेको छ ।

हराउन पार्टीबाटै षड्यन्त्र भएको छ भन्ने लागेर प्रमाण जुटाउन लाग्नुभएको हो ?
प्रशस्तै षड्यन्त्र भएको पाइएको छ । त्यसैले प्रमाण जुटाउनुपर्ने भएको छ ।

गठबन्धनले दुईतिहाइ ल्याउने संकेत देखिएका वेला तपाईंमाथि नै किन षड्यन्त्र ?
यो दुःखद छ । किन यस्तो परिणाम आयो ? मैले बुझ्नुपर्नेछ । सबै बुझेर मात्र म निष्कर्षमा पुग्नेछु ।

तपाईंको हारलाई पार्टीले कसरी लिन्छ, कसरी अघि बढ्नुहुन्छ ?
पार्टीले कसरी लिन्छ, त्यो अर्को कुरा हो । म पराजित भएको घटनाले पार्टी कसरी बढ्छ भन्ने कुरामा समस्या आउँदैन, तर व्यक्तिगत रूपमा कसरी बढ्ने भन्नेचाहिँ अहिलेसम्म केही सोचिसकेको छैन।

अब पार्टी एकता प्रक्रिया के होला भन्ने कतिपयको जिज्ञासाबारे के भन्नुहुन्छ ?
अनेक कुरा होलान् । मलाई हराउन जो–जो लागे, त्यसभित्र पनि विभिन्न कारण होलान् । म अहिल्यै सबै कुरा बोल्दिनँ ।

परिणामपछि केपी ओली र प्रचण्डले तपाईंलाई के भन्नुभयो ?
प्रचण्डले अनपेक्षित भयो भन्दै दुःख प्रकट गर्नुभएको छ । पार्टी अध्यक्षसँग चाहिँ सम्पर्क हुन पाएको छैन ।

No comments:
Post a Comment