एता ट्राफिकको पनि केहि ठाउँमा चोट लागेको छ।सोहि क्रममा घटना कसरी घट्न पुग्यो भन्ने प्रश्नमा ट्राफिक प्रहरी चक्र भन्छन “मलाइ ठक्कर दिएर भाग्न खोज्दा मैले बाईक नियन्त्रणमा लिन खोजे सोहि समय चालक पछारिएका हुन् मैले हेल्मेट हानेको हैन।चालकका परिवारले भने गल्ति प्रहरीकै रहेको लालीगुराँस डटकमलाइ बताउछन।प्रहरीको ज्याजतिले गर्दा चालकहरु दिन प्रतिदिन पिडित हुदै गएका छन यी सब बाहना र गैरकानुनी भन्दै तत्काल कारबाहीको माग गरेका छन।घाइते दुबैको मनमोहन अस्पतालमा उपचार भएर पुन थप सोधपुछको लागि नेपाल प्रहरी सोह्रखुट्टेले दुवै पक्षलाइ नियन्त्रणमा लिएको छ।थप विवरण आउन बाँकी रहेको छ।
काठमाडौंको व्यस्त सडक मानिने लैनचौरमा रातको ११ बज्दै गर्दा एक मोटरसाइकल चालक र ट्राफिक प्रहरी बीच हानाहान भएको छ।बिपरित दिशाबाट आउदै गरेको मोटरसाइकलले सुरुमा डिउटीमा खटेका ट्राफिकलाई ठक्कर दिएपछि ट्राफिकले प्रतिकार गर्दा बिबाद उत्पन भएको हो।गोरखा घर भई हाल काठमाण्डौको कपन बस्ने मनिष गुरुङले ट्राफिक प्रहरी चक्र नेपालीलाई ठक्कर दिएका थिए भने ट्राफिकले उक्त चालकलाई एकोहोरो झापड हान्दै मुख छाडेको प्रतक्षदर्शीले लालीगुराँस डटकमलाइ जानकारी दिए। सोहि समय पिडित चालक मनिष गुरुङले माफ गर्नुहोस भन्दै गर्दा सोहि चालककै हेल्मेट खोसेर एकोहोरो गुरुङको टाउकोमा प्रहार गरि गहिरो चोट परेको स्थानीयवासी बताउछन।
No comments:
Post a Comment