उप–राष्ट्रपति नन्दबहादुर पनुले जाजरकोटको ठाडो नाच विश्व कै एक लोपोन्मुख संस्कृति भएको दाबि गरेका छन् । बुधबार प्रथम राष्ट्रिय प्रदर्शनी मुल समारोह समितिले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा बोल्दै उप–राष्ट्रपति पुनले यस्तो दाबि गरेका हुन ।
त्यस्तै कार्यक्रममा सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पुरानो लोपोन्मुख संस्कृतिको पुस्तान्त्रण हुनुपर्नेमा जोड दिएका छन् ।
उनले भने,‘म जाजरकोटसँग निक्कै नजिक छु, म कुनै बेला जाजरकोटका हरेक गाउँगाउँमा पुगेको थिए, मैले आज यहाँ नृत्य हेरिरहँदा काठमाण्डौं, होईन,जाजरकोट मै छु, जस्तो लागि रहेको छ, यस्ता लोक संस्कारहरुको जर्गेना गर्नको लागि सरकारलाई गम्भिर ध्यानार्कषण गर्दछु ।’उनले भने,‘म र मेरो मन्त्रालय यस्ता प्रकारका महत्वपूर्ण संस्कृतिको रक्षा र विस्तार गर्नको लागि सकारात्मक छ, पुराना सन्दर्भहरु, सस्कृतिहरु पुस्तान्त्ररण नहुने हो भने अघिल्लो पुस्तासँग मरेर जान्छ, हाम्रो मौलिखता गुम्छ त्यसैले संस्कृतिको रक्षाको लागि पनि नयाँ पुस्ताले जागरुक हुनुपर्छ।’
त्यस्तै कार्यक्रममा पूर्व गृहमन्त्री एवम् माओवादी केन्द्रका नेता जनार्दन शर्माले जाजकोटको ठाडो नाच जिल्लाको मात्रै ऐतिहासिक नृत्य नभएर विश्वकै एक मात्र नृत्य भएको दाबि गरेका छन् ।
उनले अघि थपे,‘जाजकोटको संस्कृतिलाई राजधानीमा ल्याएर प्रदर्शनी गर्नुले हामीलाई हर्षित बनाएको छ, साथै केही जिम्मेवारी बनाएको छ, हाम्रो सस्कृति भित्र प्रवेश गरेपछि सबै कुरा भुलिदो रहेछ, मन्त्री, सत्ता, सरकार, पद पैसा कुनै वास्ता हुदैन रहिछ, आज यहाँ नाच्दै गर्दा मैले यस्तो महसुस गरेको हुँ, संस्कार र संस्कृतिको विस्तार र जगेर्नाको लागि सबै मिलेर अघि बढ्नु आजको आवश्यकता हो ।’
राजधानीको सभागृहमा जाजरकोटको पर्यटन प्रवद्र्धनका लागि ख्याली, पैसेरी, सिंगारु, ठाडो भाका लगायत दर्जन बढि लोक संस्कृति तथा परम्परागत नृत्य प्रदर्शन गरिएको थिए ।उनले भने,‘जाजरको सस्कृतिको बारेमा हामीले जति प्रसंशा गरेपनि कम हुन्छ, यति विराट संस्कृति छ, सभ्यता छ, कर्णाली प्रदेशकै फरक पहिचान र सम्भावना रहेको जिल्ला जाजरकोट हो, यसरी हेर्दा जाजरकोट नेपालको मात्रै नभएर विश्वकै फरक पचिहान भएको जिल्ला हो ।’जाजरकोटका स्थानीय कलाकारहरुले ठाडो नाच प्रस्तुत गर्दै गरेको बेला नेता शर्मा र मन्त्री अधिकारी स्टेजमा उक्लेर लामो समय नाचेका थिए । जनार्दन शर्मा र रवीन्द्र अधिकारीले नाच्दै गर्दा दर्शकहरुले बेजोड हुटिङ गरेका थिए ।
No comments:
Post a Comment