मोरङमा ६० वर्षीय वृद्ध द्वारा ७ वर्षीया बालिकालाई बलात्कार - Sital Chautari .com

ताजा अपडेट



Wednesday, April 18, 2018

मोरङमा ६० वर्षीय वृद्ध द्वारा ७ वर्षीया बालिकालाई बलात्कार

मोरङ । जिल्लाको सुन्दरहरैंचाकी ७ वर्षीया बालिकालाई स्थानीय ६० वर्षीय वृद्धले बलात्कार गरेको घटनामा जनप्रतिनिधिले नै मिलापत्र गराउन दबाव दिएका छन् । स्थानीय जनप्रतिनिधिकाे दबावमै मिलापत्र गराउने कोशिस भइरहेको आरोप पीडित पक्षले लगाएको छ ।
त्यसपछि आमाले घटनाबारे जानकारी पाएकी थिइन् । बालिकालाई तत्काल वेदबारीको स्वास्थ्य केन्द्रमा समान्य उपचारपश्चात धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको थियो ।
यही वैशाख २ गते दिउँसो २ बजेतिर ७ वर्षीया एक बालिकालाई छिमेकी ६० वर्षीय जीतबहादुर मगरले बलात्कार गरेको पीडित पक्षको आरोप छ । बिस्कुट दिने वहानामा घरमा बोलाएर मगरले उनीमाथि बलात्कार गरेको पीडित पक्षको दाबी छ । ती बालिकाकी ११ वर्षीया दिदीले देखेपछि बहिनीको उद्धार गरेर घर लगेकी थिइन् ।

No comments: