मगर चलचित्रकी नायिका नेहा पुन योरुना हत्याका अभियुक्त किर्तन खड्गी सतिशलाई जिल्ला अदालत कास्की दोषी ठहर गरेको छ । गत २०७२ माघ १८ गते राति भएको सो हत्या प्रकरणमा संलग्न उनलाई जिल्ला अदालत कास्कीले २५ वर्ष कैदको फैसला सुनाएको हो ।आइतबार जिल्ला न्यायधीश रमानाथ पौड्यालको एक्कल इजलासले खड्गीलाई कर्तव्य ज्यानमा सर्वस्वसहित जन्मकैद र जबर्जस्ती करणी उद्योगमा ५ बर्ष कैदको फैसला सुनाए । करिब साढे दुई वर्ष पछि भएको फैसलाबाट खड्कीले दुई अपराधमा २५ वर्ष कैद जिवन बिताउनुपर्नेछ ।
जिल्ला सहायक न्यायधिवक्ता नवराज रेग्मी र अधिवक्ता सुरेन्द्र थापा मगरले पीडित पक्षबाट तथा अधिवक्ता दुर्गेशराज पन्त र माधवी पाण्डेले विपक्षीका तर्फबाट बहस गरेका थिए । नयाँगाउँ घर भई पोखराका न्युरोडमा एक रेष्टुरेण्टमाका कार्यरत नेहा पुनको २०७२ माघ १९ गते घर नजिकै हत्या गरिएको अवस्थामा सव भेटिएको थियो ।
No comments:
Post a Comment