ठमाडौं । नेपाली फिल्म लिलिबिलीले व्यवसायिक सफलताको उचाइ लिइरहेको छ। यस फिल्मको कथा, विदेशी छायांकन स्थल संगै नायक नायिकाको केमिस्ट्रीले अनि फिल्म बजार तातिरहेको छ।लिलिबिलीमा रिल लाइफमा प्रेम जोडीको रुपमा देखिएका प्रदीप खड्का र जसिता गुरुङ बीच रियल लाइफमा पनि प्रेम अङ्कुराएको चर्चा हुन थालेको छ। लिलिबिलीमा काम गर्दा गर्दै प्रदीप जसिताको प्रेममा परेको कुरा अहिले संचारमाध्यमहरुमा छाइरहेको छ।प्रदीपले आफ्नो लागि अफर आएका फिल्महरुमा पनि जसितालाई लिन आग्रह गर्न थालेको खबर बाहिरिएपछि उनीहरुबीच प्रेम सम्बन्ध रहेको अनुमानमा थप बल पुगेको छ।निर्देशक मिलन चाम्सले आफूसंग जसिता पनि टाढा भएको र आफ्न सम्बन्ध बिग्रिएपछि प्रदीपले नै जसितालाई उकासेको आरोप लगाएका छन्। उनले प्रदीप र जसिताको प्रेम सम्बन्धको बारेमा भने केही बोलेका छैनन्।

Monday, April 30, 2018
वास्तविक जीवनमा पनि जसितालाई प्रेम गर्छन् प्रदीप खड्का
Tags
# फ्लिमीखबर
# मनोरञ्जन
# समाचार
About sital chautari
समाचार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment