भैरहवा । छोरी गुमाएको वियोगमा डिप्रेसनमा परेका एक उपसचिवले आत्महत्या गरेका छन्। प्रदेश ५ को उद्योग, पर्यटन तथा वन मन्त्रालयमा कार्यरत उपसचिव विष्णुहरि आचार्यले आत्महत्या गरेका हु्न्।
उनलाई आफ्नै कार्यालयको क्वाटरमा पंखा भुण्डाउने फलामको कुण्टीमा प्लाष्टिकको डोरी प्रयोग गरेर झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो।
विगत केहि समयदेखि डिप्रेसनबाट पीडित आचार्यले ‘सुसाइड नोट’ लेखेरै भैरहवास्थित सरकारी क्वाटरमा आत्महत्या गरेको रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले बताए। आजको नेपाल समाचारपत्रमा यो खबर छापिएको छ ।
मंगलबार दिउँसो २ बजेतिर बिरामी छु भन्दै मन्त्रालयबाट क्वाटरमा गएका आचार्य एक्लै कोठामा बसेको र संगै बस्ने साथिहरुले साँझ खाना खान बोलाउँदा ढोका नखुलेपछि प्रहरीलाई खबर गरेका थिए। उनीसंगै सो क्वाटरमा ३ जना उपसचिव बस्दै आएका थिए।
चितवन जिल्ला भरतपुर महानगरपालिका–११ जाग्रिती चोक स्थायी घर भएका अर्याल करिब २ सातादेखि भैरहवा बस्दै आएका थिए।
No comments:
Post a Comment