एक दिनका लागि पुलिस इन्स्पेक्टर बने ७ वर्षे बालक - Sital Chautari .com

ताजा अपडेट



Sunday, April 1, 2018

एक दिनका लागि पुलिस इन्स्पेक्टर बने ७ वर्षे बालक


मुम्बई
सपना नहुने सायद कोही मानिस भेटिएलान्। र, आफ्ना सपना पूरा भइदियोस् भन्ने कामना पनि सबैको मनमा हुन्छ। तर, सजाएका सबै सपना सबैको जीवनमा पूरा हुन्छन् भन्ने छैन। अर्कातर्फ जब हाम्रो सपनाले मूर्त रुप लिएको साक्षी बस्न पाइन्छ तब त्यो बेलाको खुशी वर्णन गरी साध्य हुँदैन।यस्तै, खुशीको अनुभूत गर्न पाएका छन् मुम्बईका ७ वर्षीय अर्पित मन्डलले, जब उनी एक दिनका लागि महाराष्ट्र प्रहरीको इन्स्पेक्टर बने। मस्तिष्क क्यान्सरबाट पीडित अर्पितको इन्स्पेक्टर बन्ने चाहनालाई पूरा गरिदिएपछि यतिबेला महाराष्ट्र प्रहरीले गरेको कार्यको चर्चा चुलिएको छ। त्योभन्दा बढी पछिल्लो ५ महिनादेखि मस्तिष्क क्यान्सरसँग जुझिरहेका अर्पितलाई खुशी र रोगसँग लड्ने सकारात्मक शक्ति एकैसाथ मिलेको छ।

No comments: