चैत १३
अपरान्ह नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग छलफल गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता कार्यदलमा रहेका एमाले नेताहरूलाई बालुवाटारमै भेला गरे ।
ओलीको यो बटमलाइन त्यतिबेला आयो, जतिबेला प्रचण्डले समान (५०/५०) हैसियतमा मात्र एमालेसँग एकीकरण हुने बताएपछि एमाले पंक्ति तरंगित भइरहेको थियो । एमाले नेताहरूले विधानको प्रस्तावनलाई पार्टी जीवनको शिर र कमिटीलाई शरीर भनेका छन् ।
संगठन तथा अन्तरिम विधान मस्यौदा कार्यदलमा रहेका ईश्वर पोखरेल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल लगायतका नेता बालुवाटार पुगेका थिए । कार्यदलमा भइरहेको छलफलको जानकारी लिएपछि एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले ‘क्लियर कट’ शब्दमा भने, ‘जनयुद्ध र ५०/५० हुन्न । यो कुरा मैले प्रचण्डलाई भनिसकेको छु ।’
शिरमा जनयुद्ध बोकेर शरीरमा ५०/५० को एकता एमालेले मानेको छैन । जनमतलाई आधार मानेर संगठनको सम्मानजनक एकता गर्ने तर प्रतिशत नभन्ने एमालेको जोड छ । चुनावमा ६०/४० को तालमेल गरेर ७०/३० को जनमत आइसकेको अवस्थामा ५०/५० को तुरूपले पार्टी एकता पेचिलो बनेको एमाले नेताहरूको विश्लेषण छ ।
त्यही दिन गृहमन्त्रालयमा बसेको कार्यदलको बैठकले जनयुद्ध, चुनाव चिह्न र केन्द्रीय कमिटीको एकीकरणको मापदण्ड बिना नै प्रतिवेदन तयार पारेर पार्टी एकता संयोजन समितिलाई बुझाउने निर्णय गर्यो ।
ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई सँगै राखेर विधानको प्रस्तावनामा जनयुद्ध नराख्ने र केन्द्रीय कमिटीदेखि तलसम्मै ५०/५० प्रतिशतको हैसियतमा एकीकरणको प्रस्ताव मान्य नहुने बताएपछि कार्यदलका एमाले नेताहरूले नेतृत्वको मुड बुझे ।
प्रचण्डले जसरी केपी ओलीले सार्वजनिक रूपमा पार्टी एकताका सन्दर्भमा आफ्नो बटमलाइन राखेका छैनन् । उनी अहिले मात्र होइन, एमाले र माओवादीबीच पार्टी एकता प्रक्रिया सुरु भएदेखि नै सार्वजनिक अभिव्यक्ति दिँदा जोगिँदै आएका छन् ।
संयोजन समितिमा समेत रहेका नेताहरू ईश्वर पोखरेल र रामवहादुर थापा सहितको कार्यदलले टुंगो नलगाएको यो विषय नै पार्टी एकतामा सबैभन्दा पेचिलो मुद्दा बनेको छ ।
ओलीः भित्र कडा, बाहिर चुपचाप
कहिले ईश्वर पोखरेलले पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै हुनुपर्छ भन्ने त कहिले शंकर पोखरेलले दुवै नेता अध्यक्ष रहने कार्ड फाले तर, ओली बोलेनन् । यसपटक पनि ओलीले आफ्नो बटमलाइन कार्यदलमा रहेका नेतालाई सुनाए । आफूले कहीँ कतै भाषण गरेनन् ।
ओलीले भने जनयुद्ध स्वीकार गरिन्न भनेर आफूले प्रचण्डलाई पहिले नै भनिसकेको र ५०/५० को आधारमा एकीकरण हुन नसक्ने पनि बताइसकेको एमाले नेताहरूलाई सुनाएका छन् । चुनाव चिह्नका सन्दर्भमा धेरै ठूलो विवाद नहुने ओलीले बताएका छन् ।
प्रचण्डले समान हैसियतमा एकताको कुरा गरेपछि ओलीले बालुवाटारमै बोलाएर कुराकानी पनि गरे । तर, प्रचण्डले प्रस्ट कुरा नगरेको स्रोतको दाबी छ । यसको अर्थ प्रचण्ड एकतापछि राज्यसत्ता र पार्टी सत्तामा आफ्नो पोजिसनबारे अझै आश्वस्त हुन चाहन्छन् ।
त्यो पनि आश्वासनमा होइन ।
त्यो पनि आश्वासनमा होइन ।

No comments:
Post a Comment