प्रतिवन्धित लागू औषध कारोवार गर्ने गिरोह लागू औषध सहित पक्राउ ! - Sital Chautari .com

ताजा अपडेट



Thursday, March 29, 2018

प्रतिवन्धित लागू औषध कारोवार गर्ने गिरोह लागू औषध सहित पक्राउ !

चैत्र १४, काठमाण्डौ
काठमाडौ, राजधानी भित्रिने बिभिन्न नाकाहरुवाट विभिन्न प्रकारका लागू पदार्थहरु भित्रिने क्रम जारी छ । प्रहरीले जति सुकै कडा चेक जाँच गरेपनि कारोवारीहरुले लागू पदार्थको ओसार पसार र विक्री वितरण गरिरहेका छन । उपत्यका भित्रका जिल्ला प्रहरी कार्यालयहरुबाट हरेक दिन लागू औषध सहित कारोवारी पक्राउ पर्ने गरेका छन । सोही क्रममा काठमाडौंको विभिन्न स्थानमा लुकाई छिपाई वेच विखन गर्ने भन्ने गोप्य सुचना महानगरीय प्रहरी वृत्त कालीमाटीमा प्राप्त हुनासाथ तत्काल वृत्त कालीमाटीवाट गएको प्रहरीले वल्खु पुल नजिकबाट सन्तोष सापकोटालाई केही लागू औषध सहित पक्राउ गरेको छ ।
त्यस्तै भक्तपुर गठ्ठाघरमा बिकल शाही, उर्मिला विसिङखे, शुशिला विसिङखे, आषिका विसिङखेको साथ नोफिन १४०० एम्पुल, डाईजेल्याव १४०० एम्पुल, फिनालगन १४०० एम्पुल बरामत गरिएको छ । पक्राउ परेका सबैलाई कालिमाटी वृत्तको हिरासतमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

No comments: