खुर्पेटो चलचित्र अब हङ्कङ मा प्रदसन हुँदै - Sital Chautari .com

ताजा अपडेट



Thursday, March 29, 2018

खुर्पेटो चलचित्र अब हङ्कङ मा प्रदसन हुँदै


मिफ्रुङ्ग फिल्मस प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण भएको मगर कथानक चलचित्र खुर्पेटो भोली मार्च ३० तारिकको दिन हङ्गकङ्गको युङ्गलोङ्ग थिएटरमा प्रर्दशन हुँदैछ ।


भिम राना मगरको परिकल्पना अनि बिश्वास मगर (बिकास) को लेखन तथा निर्देशन अनि राजेन्द्र आले (तुल ) को निर्माणमा निर्माण भएको चलचित्र खुर्पेटो रोष्ट गुमष्ठा हङ्गकङ्गको आयोजनामा प्रर्दशन हुन लागेको हो ।


                                 



मगर समुदायको पहिचान अनि मगर सघको राष्टृय झण्डामा अंकित खुर्पेटो अनि यस्को पहिचान, महत्व अनि बिसेषतालाई लिएर निर्माण गरिएको खुर्पेटो एउटा गरीबि अनि ग्रामिण जिबन शैलीमा निर्माण भएको यथार्थपरक चलचित्र हो । यस्ता मगर सस्कार र सस्कृती अनि मगर कथा बिषयबस्तुमा निर्माण भएको चलचित्र लाई देश भित्र सिमित नभई देश बाहिर पनि उतिकै महत्वका साथ माया गर्नुपर्छ अनि मगर चलचित्र र मगर चलचित्र कर्मीलाई साथ सहयोग र हौसला दिनुपर्छ भन्ने उद्देश्यका साथ यो खुर्पेटो शो आयोजना गरेको रोष्ठ गुमष्ठा हङ्गकङ्ग ( मगर कलाकार सघ हङ्गकङ्ग )का अधक्ष्य श्री रबिन्द्र थापा मगरले बताउनुभयो । साथै यस्ता प्रयासलाई सदैब निरन्तरता दिने बताउनुभयो ।
                                    
खुर्पेटो यस अघी युके, कुवेत , भारत लगाएत नेपाल भित्रको बिभिन्न ठाउमा सफल पूर्वक प्रर्दशन भएको थियो ।
                                 

No comments: