चैत २३ को परीक्षा स्थगित प्रति शिक्षक महासंघ आक्रोशित, तत्काल नयाँ मिति तय गर्न माग - Sital Chautari .com

ताजा अपडेट



Friday, March 30, 2018

चैत २३ को परीक्षा स्थगित प्रति शिक्षक महासंघ आक्रोशित, तत्काल नयाँ मिति तय गर्न माग

                                                  

काठमाडौं । चैत २३ को अस्थायी शिक्षक परीक्षा स्थगित गरेको प्रति नेपाल शिक्षक महासंघले आक्रोश व्यक्त गरेको छ । महासंघले तत्काल आन्तरिक विज्ञापन सम्पन्न गरी खुला विज्ञापन गर्न समेत माग गरेको छ ।परीक्षा स्थगित भएको प्रति आफ्नो गम्भिर ध्यानाकर्ण भएको भन्दै महासंघका अध्यक्ष बाबुराम थापाद्वारा जारी प्रेस विज्ञप्तिमा सम्पूर्ण तयारी पूरा भएको शिक्षकहरुको आन्तरिक परीक्षा शिक्षा मन्त्रालयको पत्रको आधारमा हठात स्थगित गरेको सूचनाले आम नेपाली शिक्षकहरुलाई मर्माहत बनाएको जिकिर गरिएको छ ।'शिक्षक सेवा आयोगको परीक्षा जस्तो संवेदनशिल मामिलामा समेत तदर्थ निर्णय गर्ने अनि स्वेच्छआचारी ढंगले स्थगित गर्दै जाने आयोग र त्यसो गराउने शिक्षा मन्त्रालयको रवैया प्रति नेपाल शिक्षक महासंघ गम्भीर आक्रोस जनाउँदै खेद प्रकट गर्दछ । 'प्रेस विज्ञप्तिमा भनिएको छ ।
तत्कालिन सरकारको गैर जिम्मेवारीका कारण ऐन संशोधन भएपछि तदारुकताको साथ कानुनी तथा अन्य प्रवन्ध नहुँदा सो परीक्षा समयमा सम्पन्न हुन नसकेको महास.घले जनाएको छ । शिक्षा नियमावलीको अभावमा शिक्षक सेवा आयोगले खुला विज्ञापन गर्न नसकी पूनः स्थगित आन्तरिक परीक्षाको मिति तय गरेकोले आन्तरिक परीक्षाको औचित्यमा प्रश्न उठाउनेहरुलाई बल पुर्याउने काम गरेको समेत महास.घले जनाएको छ ।


लामो समयदेखि सरकारको गलत नीतिका कारण अस्थायी रहेका शिक्षकहरुको स्थायित्वको बारेमा बिगतमा शिक्षकका पेशागत संस्थाहरुसँग सरकारले पटक–पटक गरेका सहमतीहरु कार्यान्वयन गर्न हालकै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गीरिराजमणि पोखरेलद्वारा नै संसदमा पेश गरिएको शिक्षा ऐन (आठौं) संशोधन विधेयक गत २०७३ साल जेष्ठ २२ गते सर्वसम्मतिले पारित गराउँदै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आषाढ १५ गते प्रमाणिकरण गरिएको थियो ।

समयमा काम नगर्ने र अन्तमा पटक–पटक परीक्षा नै स्थगीत गर्ने शिक्षा मन्त्रालयको छलकपटपूर्ण कार्य खेद जनक रहेको भन्दैमहासंघले शिक्षक समुदायले शिष्ट ढंगले गरेका अनुरोधहरुलाई लत्याउने, आन्दोलनमा सहमति गरिदिने र तदअनुरुपको कानुनी प्रवन्धहरुमा ढिलासुस्ती र जालीझेली षडयन्त्र गर्ने शिक्षा मन्त्रालयको रवैया विरुद्ध कडा कदम चालिने सपष्ट पारेको छ ।

महासंघले तत्कालीन शिक्षा ऐन (नवौं संशोधन) अनुसार प्रवन्ध गरिएका आन्तरिक परीक्षाहरु तोकिएको मितिमा र खुल्ला परीक्षा यथासिघ्र सञ्चालन गर्न सरकारसँग माग गर्दै अन्यथा आन्दोलनको आँधीवेहर िसिर्जना गर्ने जनाएको छ ।
दशकौंदेखि अस्थायी सेवा गरिरहेका शिक्षकहरुलाई स्थायी गर्ने बाटोमा महासंघले सरकारलाई उदार सहयोग गरिरहेको अवस्थामा सरकारको अन्यायपूर्ण रवैयाका कारण अब यो बाटो बन्द हुँदै गएको महासंघले महशुस गरेको प्रेस ज्ञिप्तिमा जनाइएको छ ।

'यसरी विद्यालय शिक्षा र शिक्षक कर्मचारीको पेशागत हक, हित तथा सुरक्षाका खातिर नेपाल शिक्षक महासंघले सञ्चालन गर्ने कार्यक्रमबाट पर्न सक्ने असुविधाका लागि नेपाल शिक्षक महासंघ दुखीत छ र यसबाट हुने सबै खालका क्षतिको जिम्मेवार स्वयम् सरकार नै हुने व्यहोरा समेत जानकारी गराईन्छ ।' प्रेस विज्ञप्तिमा जनाइएको छ ।

No comments: