काठमाडौं । अहिलेको चर्चित प्रकरण हो- साढे ३३ किलो सुनकाण्ड । तर, यसलाई सुन तस्करहरुले ‘शून्य किलो सुनकाण्ड’ मा ढिसमिस गरेर गृहमन्त्रालयको अप्रेसनलाई असफल बनाउने प्रयास थालेका छन् ।
ज-जसलाई ‘साढे ३३ किलो सुनकाण्ड’ मा समातिएको छ, उनीहरुले एक लाल पनि सुन बरामद नभएका कारण तस्करी प्रमाणित हुनै नसक्ने जिकिर गर्न थालिसकेका छन् ।र, पछिल्लो समय गृहमन्त्री रामहादुर थापा बादलभन्दा सुन तस्करीको आरोपमा पक्राउ परेकाहरुको स्वर चर्को देखिन थालेको छ ।
गृहमन्त्रालय रक्षात्मक बन्दैछ । सँगसँगै सुन तस्करीको मुद्दा एकपछि अर्को गर्दै कमजोर बन्न थालेको छ ।
यो प्रकरणमा मूलतः दुईवटा अपराध सतहमा आएका छन् र छानविन गर्नुपर्ने विषय पनि यिनै दुईवटा हुन्ः एउटा-सुन तस्करी एवं संगठित अपराध । अनि अर्को चाहिँ सनम शाक्यको हत्या भएकाले ज्यान सम्बन्धी अपराधको अनुसन्धान ।
अहिलेसम्म साढे ३३ किलो सुन नभेटिए पनि सनमको शवचाहिँ भेटिइसकेकाले ज्यान मुद्दाबाट गोरेको ग्याङ उम्कन कठिन छैन ।
खोइ त साढे ३३ किलो सुन ?
विहीबार मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका एसएसपी श्यामबहादुर खत्रीले अदालतमा दिएको वयानमा भनेका छन्, ‘यस मुद्दामा सुन नै बरामद भएको छैन । यसरी सुन नै बरामद नभएको कुरामा म उपर यस्तो झूठा मुद्दा लगाई मलाइ पूर्णरुपमा फसाउन खोजेको हो ।’
खत्रीले आफू विमानस्थल भन्सारमा कार्यरत रहँदा गोरेले सून सम्बन्धी सूचनाहरु दिएर सहयोग गरेको भन्दै उनको वचाउ गरेका छन् । साथै, गोरे डीआइजी गोविन्द निरौलाको मान्छे भएको खत्रीले बारम्बार दोहोर्याएका छन् ।
तस्करीको भनिएको साढे ३३ किलो सुन कहाँ छ, अहिलेसम्म गृहमन्त्रालयले पत्तो लगाउन सकेको छैन । यो पत्ता नलगाउने हो भने मुद्दा निकै नै फितलो बन्न जानेछ र यसको फाइदा तस्करहरुले उठाउने निश्चित छ
एसएसपी खत्री पहिले पनि सुनकाण्डमा समातिएर पाटन उच्च अदालतमा साधारण तारेखमा छाडिएका प्रहरी अधिकारी हुन् । अहिलेको प्रकरणमा उनी दोषी छन् कि छैनन् ? यो अनुसन्धानकै विषय हो । तर, खत्रीले दिएको वयान पनि फौजदारी न्यायशास्त्रमा कम्ता रोचक छैन ।
सुन नै छैन, कसरी म सुन तस्कर भएँ ?
भोलि यही तर्काधारमा अदालतले खत्री र अन्य आरोपीलाई विगतमा जस्तै रिहा गरिदियो भने गृहमन्त्रालयको तस्कर समात्ने अभियान बीचैमा तुहिन सक्छ । किनभने, विगतमा पनि तस्करहरु यसैगरी जोगिँदै आएका छन् । र, सरकारले हार व्यहोर्दै आएको छ ।
साढे ३३ किलो सुनकाण्ड प्रकरणमा अहिले गृहमन्त्रालयको पहलकदमीमा जसरी मुद्दा अगाडि बढाइएको छ, यसलाई असफल बनाउन तस्करहरुका तर्फबाट पैसा खाएर वकालत गर्ने विद्वान वकिलहरु अनेकन जालझेल र कुतर्कमा जुटिसकेका छन् । श्यामबहादुर खत्रीको वयान पनि तिनै वकिलहरुले घोकाएर पठाएको विद्या हो ।
अब तस्करहरुको पहिलो प्रयास ‘३३ किलो सुन प्रकरण’लाई ‘शून्य किलो सुन प्रकरण’ मा परिणत गर्ने हुनेछ । सुन नै बरामद भएको छैन, अनि कसरी र कुन सुन हामीले तस्करी गर्यौं ? यही प्रश्नलाई तस्करहरुले आफ्नो तर्काधार बनाउने छन् ।
किनभने, तस्करीको भनिएको साढे ३३ किलो सुन कहाँ छ, अहिलेसम्म पत्तो लगोको छैन । यो पत्ता नलगाउने हो भने मुद्दा निकै नै फितलो बन्न जानेछ र यसको फाइदा तस्करहरुले उठाउने निश्चित छ ।
अब गृहमन्त्रालयले सुन तस्करहरुलाई उम्कन नदिने हो भने अनामनगरबाट गायव भएको भनिएको साढे ३३ किलो सुन कहाँ छ, त्यो पत्ता लगाउनु पहिलो शर्त हो । त्यो सुन बरामद भयो भने मुद्दा बलियो हुनेछ ।अनलाइनखबर
No comments:
Post a Comment