डा. देवकोटालाई फोन गर्दै पूर्व श्री ५ ले भने- ‘देशलाई तपाईंको ठूलो आवश्यकता छ’ - Sital Chautari .com

ताजा अपडेट



Saturday, May 5, 2018

डा. देवकोटालाई फोन गर्दै पूर्व श्री ५ ले भने- ‘देशलाई तपाईंको ठूलो आवश्यकता छ’

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रले टेलिफोन गरी डा. उपेन्द्र देवकोटाको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको छ । बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गराइरहनुभएका डा. देवकोटासँग आज (वैशाख २१ गते) विहान टेलिफोनमार्फत कुराकानी गर्दै उहाँले ‘तपाईंजस्ता देश–सेवकको मुलुकलाई आवश्यकता रहेको’ बताउनुहुँदा देवकोटाले आफ्नो स्वास्थ्यस्थितिलाई लिएर निराशा प्रकट गर्नुभएको बताइएको छ ।
पूर्व श्री ५ बाट धैर्य र आत्मविश्वास कायम राख्न आग्रह गर्दै जीवन रक्षाका लागि आफूबाट कुनै पनि प्रकारको सहयोग हुने बचन दिनुभएको थियो ।
संवादका क्रममा पूर्व श्री ५ समक्ष निकै भावुक रूपमा प्रस्तुत हुनुभएका डा. देवकोटाले जीवनको अन्तिम अवस्थातिर पुगेको सङ्केत दिनुभएको बुझिएको छ ।
ज्ञात रहोस्, केही महिनाअघि उपचारका लागि बेलायत पुग्नुभएका डा. देवकोटा स्वास्थ्य अवस्था जटिल बनेपछि बाँकी जीवन आफ्नै देशमा बिताउने मनसायका साथ गत साता स्वदेश फर्कनुभएको थियो । उहाँ वाइल डक्ट (पित्त थैली) क्यान्सरबाट पीडित हुनुहुन्छ । शुरुमा रोगबारे जानकारी पाउन ढिलाई भएकोले उपचारमा अत्यन्त जटिलता रहेको बेलायती चिकित्सकलाई उद्धृत गर्दै स्वयम् डा. देवकोटाले बताउनुभएको छ ।

No comments: