टेम्पो हो र एक जनाले चलाउन ? जेटमा दुई पाइलट हुन्छन्’ प्रधानमन्त्री केपी शर्मा ओली - Sital Chautari .com

ताजा अपडेट



Thursday, May 17, 2018

टेम्पो हो र एक जनाले चलाउन ? जेटमा दुई पाइलट हुन्छन्’ प्रधानमन्त्री केपी शर्मा ओली



नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सामूहिक नेतृत्वप्रति कतिपयले प्रश्न उठाएको भन्दै यसलाई जेट (विमान)सँग तुलना गरेका छन् ।  पार्टी एकता घोषणासभालाई बिहीवार साँझ राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।  ‘कतिपयले भन्या छन्, दुईजना अध्यक्ष बनाएर के गर्‍या होला ?’ ओलीले भने, ‘टोम्पो चलाको हो र एकजना हुन ? जेटमा त दुईजना पाइलट हुन्छन् ।’  उनले गाडी ड्राइभरले नभएर चक्काले चल्ने बताए । ‘टेम्पोजस्तो होइन, जेटमा दुईवटा क्याप्टेन हुन्छन्,’ ओलीले थपे, ‘हामी ड्राइभर भए पनि गाडी चल्ने चक्काले हो ।’  ओलीले पार्टी एकताले आफू निकै उत्साहित र खुसी रहेको बताए ।

No comments: