
काठमाडौं, १९ बैशाख । प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा जनकपुरमा ५० हजार नागरिक उत्रन प्रदेश २ को सरकारले सर्कुलर गरेको छ । नेपाललाई नाकाबन्दी लगाएर नेपालीसंगको सम्बन्ध विगारेका मोदीलाई स्वागत गर्न ५० हजार नागरिक उत्रार्न प्रदेश सरकारलेनै सर्कुुलर गरिएको हो ।
मोदी यही वैशाख २८ गते पटनाबाट सीधै जनकपुर आउने कार्यक्रम रहेको छ । त्यसपछि काठमाडौं हुँदै मुस्ताङ जाने तयारी छ । बाह्रबिघा मैदानमा मोदी सवार हेलिकोप्टर अवतरण गर्ने छ ।
मोदीको सुरक्षा व्यवस्थाका लागि जनकपुरमा पाँच घेरामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने छ ।
मोदीको सम्बोधन गर्ने सभामा ५० हजार मान्छे उतार्न प्रदेश सरकारले आठ जिल्लामा सर्कुलर गरेको हो ।
No comments:
Post a Comment