यसरी गर्छ म्युजिक नेपालले कलाकारहरूको श्रम शोषण ,तै चुप मै चुप छन कलाकारहरू - Sital Chautari .com

ताजा अपडेट



Sunday, May 20, 2018

यसरी गर्छ म्युजिक नेपालले कलाकारहरूको श्रम शोषण ,तै चुप मै चुप छन कलाकारहरू

म्युजिक नेपालमा बिचौलियाहरुको दादागिरी चल्ने गरेको यथावत नै छ।
केही ठुला भनाउदा र म्युजिक नेपाल नजिकका कम्पनीहरुले आफ्नो स्थान छुट्टै बनाएर अरु नया कम्पनी तथा श्रष्ठा सर्जकहरुलाई मारमा पार्दै आएका छन।
म्युजिक नेपालमा पुराना भनिएका कम्पनीहरुले नया कम्पनी र नया नया गायक गायिकाहरुको गीतहरुलाई प्राथमिकता नदिने र भिडीयो अप्लोड नगरिदिने जस्ता गुनासोहरु यस अघि पनि सुन्नमा आइरहेका छन् ।
केही समय अगाडि भावना म्युजिक सोलुसनको प्रस्तुतिमा रहेको “मार्न र मर्न तयार छु” नामक गीतमा बिष्णु माझिको स्वर भनेर गलत प्रचार गरेको पाईएको छ।
म्युजिक नेपालको अफिसियल च्यानलबाट सार्बजनिक गरिएको गीतलाई सार्बजनिक गर्नु भन्दा केही दिन अघि देखि नै प्रचारको काम सुरु गरिएको थियो।
सोहि क्रममा म्युजिक नेपालको कवर फ्युचर मा राखिएको कवरमा बिष्णु माझिको मार्न र मर्न तयार छु भनेर लेखिएको छ जुन गीतका वास्तविक गायक गायिका खेम सेन्चुरी र जानुका तामांग रहेका छन।
सो गीतमा बिष्णु माझिको कुनै पनि भागमा नाम निसाना नै छैन भावना म्युजिक सोलुसन र म्युजिक नेपालले डिजीटल बजारमा गीतको गलत प्रचार हुदा पनि आफुहरु पछाडी परिन्छ कि भन्ने डरले होला सायद समबन्धित गायक गायिका तथा सर्जक भने कोहि केहि बोलेका छैन्न।
जसमा सजिलै देख्न सकिन्छ म्युजिक नेपाल र भावना म्युजिक सोलुसनले गरेको गलत प्रचार 

No comments: