किन पायाे सफलता बाेल मायाले......? - Sital Chautari .com

ताजा अपडेट



Monday, May 21, 2018

किन पायाे सफलता बाेल मायाले......?


बोल माया एकबचन बोल तिम्रै बोली छ मलाई अनमोल.....

 Image may contain: 1 person, text
   
    गन्धर्भ जातिको कथ्य साहित्य लाई टप्पक्क टिपेर नेपाली समाजको बिवसता बैदेसिक रोजगार मा आधारित गीत बोल माया अहिले श्रब्य दृष्य  को एक अभिन्न माध्यम यु ट्युब को पेजमा नेपाली लोक संगीत इतिहास मा पहिलो पटक सर्बाधिक खोजिको सुचिमा १ नम्बर अर्थात ट्रेडिग मा पर्न सफल भयको छ।  यतिबेला  यु ट्युब मा मात्र नभैइ हरेक संगीत प्रेमी नेपाली हरु माझ चर्चाको बिषय पनि बनेको छ।  अहिले धेरै भन्दा धेरै फेसबूक प्रयोग कर्ता ले आफ्नो फेसबूक वालमा यस भिडियो सेयर गर्ने देखी लियर पोस्टर समेत प्रोफाइल फोटो बनाइरहेका छ्न । 

      बोल मायाको एती धेरै चर्चा परिचर्चा भइरहदा सर्बाधिक चर्चामा रहेका पात्र हरु यस गीतका रचनाकार, संगीतकार र भिडियोको निर्देशक समेत रहेका प्रकाश सपुत को काम अनी यस गीतको भिडियाेका नायिका अन्जलि अधिकारि काे अभिनय र गायिका शान्ती श्री परीयार गायकि को चर्चा धेरै भईरहेको छ ।   

       नेपाली सांगीतिक छेत्रमा भईरहेको अत्याधिक प्रतिस्प्रधामा जेष्ठ ४ गते शुत्रबार झन्डै आधा दर्जन मह्त्वकांन्छी म्युजिक भिडियो  बिच सार्वजनिक भयको यस गीत ले एकलैटी रुपमा दर्सकको माया को साथमा राम्रो चर्चा परिचर्चा पनि कमायो र कमाइरहेकाे छ । मुर्गा संस्कृति र  यु ट्युब ले टिकिरहेको नेपाली संगीत क्षेत्र  अब कता तिर जान्छ सबैको चासो को बिषय बनेको छ। भिडियोको  हिराे भयपछि ठुला ठुला पखुरा हुनुपर्छ चस्मा लगाअर सर्ट को बटम फुकालेर हाई स्पीड मा दौडनु पर्छ, अनी हिरोनी भयपछी खुल्ला कपडा लगाउनु पर्छ राम्री देखिनु पर्छ हाई स्पीड मा बबल्स हरुसँग खेल्नु पर्छ तोरिबारिमा नाच्नुपर्छ, भन्ने  म्युजिक भिडियो को मोडल को परीभाषा लाई बोल मायाको प्रमुख पात्र प्रकाश सपुत अनी अन्जली अधिकारि ले केही हद सम्म परिवर्तन गरेका छन। यस गीत को अडियो अनी भिडियो को सुन्दर पंक्ष भनेको यहा अात्मियता छ, हामी हरेक नेपाली को घर घरको कहानी प्रत्यक्ष एबम अप्रत्यक्ष रुपमा जोडीयको छ, मन मुटु सटियको छ। 


      लोक गीत र लोक दोहरी गीत बिशेष गरी गाउले र गाउ तिर सुन्ने र हेर्ने गीत हो भन्ने कुरा लाई चिर्दै उनै सर्जक प्रकाश सपुत ले केही समय अगाडि सार्वजनिक गरेकाे दोहरी बेटल मार्फत  युवा पुस्ता माझ पनि लोक प्रिय भयको  थियो।  साथमा उनै प्रकाश सपुतले दोहरी बेटल बाट चर्चा को साथमा निकै अालाेचना पनि बेहोरेका थिय तर आजको दिन बोल माया मार्फत हिन्दी चलचित्र का सुपरस्टार सल्मान खान अभिनित बहुप्रतिक्षित चलचित्र रेस ३ लाई पनि उछिनेर १ नम्बर मा आयको छ बोल माया.... याे भन्दा ठुलाे कुरा उनकाे लागि र नेपालि लाेकदाेहरि क्षेत्रकाे लागि के नै हाेला र ....? 

       नेपाल  यती धेरै कला साहित्यको खानि छ।  गीत संगीत लयायत चलचित्र भिडियो बनाउने बिषयबस्तु  प्रयाप्त छन र पनि हामी नयाँ देखी पुराना सर्जक हरु १९९० जमानाको हिन्दी चलचित्र का कथाबस्तु जम्मा पारेर   अनी साउथ इन्डियन चलचित्र को गीत लगायत हिन्दि चलचित्र को गीत हरेर दुरुस्तै कपी गरि भिडियो बनाइरहेका छौ।  हामीले नेपालको बिषय बस्तु खोज्न चहेनौ कि पायनौ कि दर्सक स्रोता हरुले मन परौनुभयनकी खास किन हो यो सबै अग्रजहरुले जवाफ दिन सक्नु पर्छ। जम्मा २०,२५ हजार मा र दिनमा २,३,४ वटा भिडियो बनाउने परीपाटि बनाएर अाज आयर यो क्षेत्र यस्तो भयो उस्तो भयो भनेर कहिले सम्म एक अर्कालाई दोष दिरहने हामीहरुले कहिले बुझ्ने र कहिले बन्ने ब्यबसायिक.........? 

   नेपालि संगीत मा धेरै रुचाइयको कभर भिडियो नेपालमा पनि  बि बोइङ र हिपहप नृत्यलार्इ अाधार मानेर बिभिन्न  क्रिउ (समुह) हरु च्याउ उम्रेसरी अाइरहेका छन, साचै भन्ने हो भने सामान्य गीत को भिडियो भन्दा ति कभर भिडियो हरु यु ट्युब मा धेरै हेरिन्छ आज बोल मायाले ति भिडियो लगायत  अन्य भिडियो लाई पनि पछी पारीदियको छ। याे नेपाल हाे यहा नेपालिपनले जति माया प्राेत्साहन अरूले पाउदैन पायपनि दिगाे रहन सक्दैन। 
       
           र अत्यमा बाेल माया टिमले अडियाे देखि  भिडियाे सम्म जुुन मेहनत गरेकाे छ  जुन  सानेा तिनाे रकमले  १,२ दिन १,२ जनाले गरेर हुने कुरा हाेइन , सम्पुर्ण टिम लाइ बधाइ,, शास्त्र हराय सस्कृति हराउछ सस्कृति हराय सस्कार हराउछ सस्कार हराय मान्छे आँफै हराउछ शास्त्र, सस्कृति र संस्कार हाम्रो पहिचानकाे धरोहर हुन त्यसैले आफ्नो पनमा रमाउ.... 

                                                                                                                                                                                            (लेखक चित्र मास्की मगर काेरियाेग्राफर तथा निर्देशक हुनुहुन्छ )


  

                                                                                        

No comments: