ट्विटरमा आन्तरिक समस्या सबै प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह - Sital Chautari .com

ताजा अपडेट



Monday, May 14, 2018

ट्विटरमा आन्तरिक समस्या सबै प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह


काठमाडौं–तपाईंले ट्विटर प्रयोग गर्नु हुन्छ भने पासवर्ड परिवर्तन गरिहाल्नुस् । ट्विटरले आफ्ना सबै प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको छ । आन्तरिक नेटवर्कमा केही समस्या देखिएकाले ट्विटरले आफ्ना ३३० मिलियन प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको हो ।
यद्यपि पासवर्ड चोरी भएको या कुनै दुरुपयोग भएको प्रमाण भने पाइएको छैन । तर, सावधानी अपनाउन पासवर्ड परिवर्तन गर्नुपर्ने ट्विटरले बताएको छ ।
ट्विटरमा देखिएको समस्याबाट कति प्रयोगकर्ता प्रभावित भए भन्ने कुराको जानकारी भने दिइएको छैन । ट्विटरका कार्यकारी प्रमुख ज्याक डोरसेले भनेका छन्, ‘हालै हामीले केही बग फेला पत्ता लगायौं जहाँ मास्किङ–हृयासिङ प्रक्रिया पूरा गर्न आन्तरिक नेटवर्कमा केही लेखिएको थियो ।

No comments: