काठमाडौं । अभिनेत्री सञ्चिता लुइँटेल मंगलबारदेखि ३५ वर्ष लागेकी छन् । २०४० साल वैशाख १८ गते जन्मिएकी सञ्चिताले १८ वर्षको उमेरदेखि फिल्मी दुनियाँमा पाइला राखेकी हुन् ।
२०५८ मा बनेको ‘अप्सरा’ फिल्मबाट उनले अभिनय यात्रा थालेकी हुन् । सञ्चिताको प्रवेशसँगै फिल्ममा उनको गति बलियो भयो ।
फिल्मी यात्राका दौरानमा ‘भन्नै सकिन’को छायांकनका क्रममा उनको आकाश साहसँग भेट भएको थियो । आकाशसँग प्रेम बसेपछि उनले विहे गरेकी थिइन् ।आकाशसँगको विहेले सञ्चिताका परिवार खुसी थिएनन् । र, यो विहे लामो समय टिक्न पनि सकेन । दुवैको सम्बन्ध विच्छेद भयो ।

सम्बन्ध विच्छेद भएको केही समयपछि फिल्म सुटिङकै क्रममा उनको अभिनेता निखिल उप्रेतीसँग भेट भएको थियो । छायाङ्कनका क्रममा उनीहरूको प्रेम बसेको बताइन्छ ।
२०६६ मा निखिल र सञ्चिताको सम्बन्धका बारेमा खुलासा भएको थियो । दुवैले भारतको मुम्बईमा विहे गरेर केही समय विताएका थिए ।
निखिलसँगको वैवाहिक जीवन कुशलताका साथ वितिरहेको सञ्चिताका दुई सन्तान छन् । दुवै निखिलपट्टीका हुन् ।
निखिलसँगको वैवाहिक जीवन कुशलताका साथ वितिरहेको सञ्चिताका दुई सन्तान छन् । दुवै निखिलपट्टीका हुन् ।
उनले माया नमार, मुनामदन, उनको सम्झनामा, प्रेमयुद्ध, विजयपथ, माझी दाई, जय शिव शंकर, पर्खी राख है, कोही मेरो, राधालगायतका फिल्ममा अभिनय गरेकी छन् ।
निखिलसँगको दाम्पत्य जीवनमा रमाइरहेकी उनको दैनिकी अहिले फेरिएको छ । फिल्मको काल्पनिक दुनियाँदेखि धेरै टाढा अर्थात् पारिवारिक जीवनको जिम्मेवारी निर्वाह गर्दैछिन् ।
उनको चाहनाअनुसारै एउटा छोरा र अर्की छोरी छन् । अलिकति पूर्वाग्रह नै सही, उनलाई छोरी नै मन पर्दोरहेछ । आमासँग छोरीहरू नै नजिक हुन्छन् भन्ने उनको बुझाई छ ।
पहिलो छोरा जन्मेको तीन महिनापछि पेटमा फेरि बच्चा बसेको उनले थाहा पाएकी थिइन् ।
उनले झन्डै ७५ वटा फिल्ममा अभिनय गरिसकेकी छन्। छोरा जन्मिएको ९ महिनापछि उनलाई केही फिल्मको अफर आएको थियो। पहिलो सन्तान जन्माउँदा अचानक ८० केजी पुगेकी उनले दोस्रो सन्तान पेटमा हुर्किरहँदा आफ्नो तौल सन्तुलन गरेकी थिइन् । विपशन्या पुगेपछि उनी शाकाहारी भएकी थिइन् । फुर्सदको समयमा टिभी हेर्ने र पुस्तक पढ्ने बानी छ ।
No comments:
Post a Comment