काठमाडौं, २१ वैशाख । यातायात व्यवसायीहरूको आन्दोलन निस्तेज पार्न सरकारले शुक्रबार क्यू फ्री गरेको छ ।
क्यू फ्री भएपछि गाडी चालकले आफ्नो इच्छाअनुसार जुनसुकै रुटमा गाडी चलाउनेछन् । भाडा भने सरकारले तोकेभन्दा बढी लिन पाइने छैन ।
काठमाडौं उपत्यकामा साझा, मयुर, शुभकामना, अन्नपूर्ण, बज्रबाराही लगायतका बस चलाउने व्यवस्था मिलाइएको छ ।
धनगढी–काठमाडौं रुटमा चल्ने गरेको घोडाघोडी यातायातका बसले पनि काठमाडौंभित्रै सेवा दिने जानकारी पाएको विभागले जनाएको छ ।
इलाम, काकडभिट्टा, भद्रपुर, धरान, विराटनगर, चतरा– साकिरा यातायातका बसले सेवा दिनेछ । सुर्खेत, नेपालगन्ज, दैलेख, जाजरकोट– बुलबुले, देउती र नागरिक यातायातका बस चल्नेछन् ।
काठमाडौं–रोल्पा– रोल्पा यातायातका बस, काठमाडौं–प्यूठान– नमस्ते प्यूठानका बस, रोल्पा–नेपालगन्ज– आशीर्वाद यातायातका बसहरू चल्नेछन् ।
रुकुम–काठमाडौं– रुकुम यातायात प्रालिका बस चलेका छन् भने कोहलपुर, सुर्खेत, काठमाडौं– मेट्रो सर्भिसका बस चल्नेछन् ।
बर्दिया, बुटवल, काठमाडौं– भेरी यातायातका बस, अर्घाखाँची–बुटवल– लंका यातायातका बस, काठमाडौं, दाङ, नेपालगन्ज, रोल्पा– स्मार्ट नेपालका बस, दाङ–काठमाडौं– मालिका कालिका र सहारा यातायाका बस, काठमाडौं, चितवन र पोखरा– हरियो नम्बर प्लेटका टुरिस्ट बस, काठमाडौं–जनकपुर– चुरिमाई यातायातका बस र सर्लाही–जनकपुर– रातुकमला, भक्तपुर–काठमाडौं– शुुभकामना यातायातका बस सेवाहरू चल्ने छन् ।
No comments:
Post a Comment