यस्ता छन् नियमित नेलपोलिस गर्दाका हानि - Sital Chautari .com

ताजा अपडेट



Thursday, May 10, 2018

यस्ता छन् नियमित नेलपोलिस गर्दाका हानि


नेलपोलिस महिलाको मेकअपमा अनिवार्यजस्तै बनेको छ । तर, नेलपोलिसले नङलाई जति सुन्दर बनाउँछ, यसको अत्यधिक प्रयोगले त्यति नै कुरूप पनि । त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक हुन्छ । यस्ता छन् नियमित नेलपोलिस गर्दाका हानि :
नियमित नगर्नुस् नेलपोलिस
नियमित नेलपोलिस गर्दा नङ आवश्यक हावापानीबाट वञ्चित हुन्छ । जसले गर्दा नङका पाप्रा उक्किनेलगायतका समस्या आउँछन् । हरेक दिन १० देखि १५ मिनेटसम्म तातो पानीमा डुबाएर राखेमा नङमा हाइड्रेट रहिरहन्छ ।फरक–फरक रङ लगाउनका लागि मानिसले अत्यधिक नेल रिमुभर प्रयोग गर्ने गर्छन् । तर, नेल रिमुभरमा एसिटोन हुन्छ, जसले नङमा भएको प्राकृतिक तेललाई हटाउनुका साथै नङ सुक्खा हुन थाल्छ । रिमुभरको अत्यधिक प्रयोगले नङको चमक पनि हराउँदै जान्छ ।
नेलपोलिस लगाउनुभन्दा पहिले बेसकोट प्रयोग गर्नुपर्छ । बेसकोटविनै नेलपोलिस लगाउँदा पिलो हुने समस्या सिर्जना हुन सक्छ ।बजारमा कतिपय सस्ता र क्वालिटीलेस नेलपोलिस पनि पाइन्छन् । यस्ता नेलपोलिसले नङलाई रुखो र सुक्खा बनाउँछ । कम केमिकल भएको नेलपोलिस प्रयोग गर्दा राम्रो हुन्छ । बजारमा भिटामिनयुक्त नेलपोलिस पनि पाइन्छन् । यस्तो नेलपोलिसको प्रयोगले नङलाई पोषण प्रदान गर्ने काम पनि गर्छ ।

No comments: