करोडौ नेपालीलाई यस्तो संदेश छाडेर दिल्ली उडे मोदी, के सुध्रेकै हो त मोदी ? - Sital Chautari .com

ताजा अपडेट



Saturday, May 12, 2018

करोडौ नेपालीलाई यस्तो संदेश छाडेर दिल्ली उडे मोदी, के सुध्रेकै हो त मोदी ?

Image result for modi in nepal

नेपालको दुईदिने राजकीय भ्रमण सकेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन् ।इन्डियन एयरको विशेष विमानमार्फत शनिबार अपराह्न मोदी स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिदाई अभिवादन गरेका थिए ।
प्रधानमन्त्री मोदी एअर इन्डियाको विमानबाट जनकपुर हुँदै शुक्रबार काठमाडौं आएका थिए । नेपाल भ्रमणका क्रममा उनले जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका थिए । काठमाडौंमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्नुका साथै उनी दुई देशका प्रतिनिधिमण्डलस्तरीय वार्तामा सहभागी भए ।

No comments: