गर्मीमा कसरी खानेकुरा लामो समय ताजा राख्ने ? - Sital Chautari .com

ताजा अपडेट



Saturday, May 12, 2018

गर्मीमा कसरी खानेकुरा लामो समय ताजा राख्ने ?


गर्मीमा खानेकुरा चाडै सड्न सक्छ । कसरी खानेकुरालाई लामो समय ताजा राख्ने ? हरेक गृहणीका निम्ति चुनौतीको कुरा हो यो । किनभने सागसब्जी, फलफूल लामो समय भण्डारण गर्न सकिँदैन ।निश्चित अवधीपछि त्यस्ता खानेकुरा कुहिन, सड्न थाल्छ । यद्यपी केहि विधी छ, जसले औसत भन्दा लामो समयसम्म खानेकुरालाई फ्रेस राख्न सकिन्छ ।
अन्डा
अन्डालाई लामो समय फ्रेस राख्नका लागि त्यसलाई फुटाएर राख्न सकिन्छ । यसरी आन्डा फुटाएपछि त्यसलाई आइस ट्रेमा राख्नुपर्छ । पहेंलो भागमा आइसक्युव राख्नुपर्छ । पहेंलो भाग जस्ताको तस्तै राख्नका लागि यसमा थोरै नुन वा चिनी हाल्नुपर्छ । जब आवश्यक्ता पर्छ, अन्डाको आइसक्युव झिकेर पकाउन सकिन्छ ।
सस
प्रयोग गरेर बचेको सस लामो समय टिकाउन गाह्रो हुन्छ । यद्यपी केहि समयसम्म त्यसलाई फ्रेस राख्नका लागि फ्रिजर व्यागमा हालेर प्याक गर्नुपर्छ । जब आवश्यक हुन्छ, व्याग खोलेर प्रयोग गर्न सकिन्छ ।
सागपात
हरियो सागपातलाई लामो समय फ्रेस राख्नका लागि कुनै काँचको जारमा हाल्नुपर्छ ।
स्याउ
स्याउलाई तपाई फ्रिजमा केहि महिनासम्म फ्रेस राख्न सक्नुहुन्छ । यद्यपी स्याउलाई फ्रिजमा स्टोर गर्दा ध्यान दिनुपर्छ कि, त्यसलाई अर्को वस्तुसँग स्पर्श गराउनु हुँदैन । त्यसलाई पत्रिकामा लपेटेर राख्न सकिन्छ ।
हरियो प्याज
हरियो प्याजलाई खराब हुन नदिनका लागि त्यसलाई एक गिलास पानीमा हालेर राख्नुपर्छ । यसरी पानीमा राखेपछि त्यो ताजा रहन्छ ।
गर्मीमा सनस्क्रीन बिना पनि यसरी रहनुस् सुन्दर…
एजेन्सी । सुन्दर रहन गर्मीमा अक्सर मानिसहरु महंगा ब्रान्डका सनस्क्रीन लगाउँछन् । तर यदि घामले छाला डढेको छ भने नरिवलको तेल लगाउनाले छालाको रंगमा सुधार आउँछ । तेलमा थोरै कपुर मिलाएर लगाउनाले पनि समस्या कम हुन्छ ।

आलुको बोक्राले छालामा ब्लीचको जस्तै काम गर्छ । यसलाई लगाउँदा कालो छालाको रंगमा सुधार आउँछ । घिउकुमारीको जेलले छालाको रातोपनालाई कम गर्छ । यसलाई लगाउनाले छिट्टै राहत मिल्छ ।
काँक्रोको रस एक कप निकालेर त्यसमा कागतिको रस मिसाउनुस् । त्यसलाई डढेको स्थानमा लगाएर १० मिनेटसम्म राख्नुपर्छ । यसलाई नियमित लगाउनाले चाँडै छालाको कालोपन हट्छ ।
दूधमा २ चम्चा बेसार लगाएर डढेको ठाउँमा लगाई केहीबेर त्यत्तिकै छाड्ने र पछि तातो पानीले धुनुपर्छ । यो प्रक्रिया दिनमा दुईदेखि तीनपटक गर्नाले डढेको स्थानमा सुधार आउछ ।
मुसुरोको दालमा दही मिसाएर त्यसको लेप लगाउनाले छालाको समस्या समाधान हुन्छ । यो लेप नियमित लगाउनुपर्छ ।

No comments: