झापाकी युवती गोरखामा मृत फेला, ब्वाइफ्रेन्ड प्रहरी नियन्त्रणमा - Sital Chautari .com

ताजा अपडेट



Friday, May 11, 2018

झापाकी युवती गोरखामा मृत फेला, ब्वाइफ्रेन्ड प्रहरी नियन्त्रणमा

Image result for dead body in river

गोरखा : झापाकी एक युवतीको गोरखा आरुघाट गाउँपालिका २ मान्बुमा शंकास्पद मृत्यु भएको छ। गत वैशाख २६ गते राति १० बजे झापाकी संगीता अधिकारीको शव प्रहरीले भेटाएको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिए।
‘झापा घर भएकी २०/२२ वर्षकी संगीता अधिकारीको शव भन्ने पुष्टि भएको छ,’ कार्कीले भने, ‘उनी यहीँ मान्बुका २० वर्षका कृष्ण न्यौपानेसँग यहाँ आएकी रहिछन्।’ न्यौपाने मृतक संगीताको ब्वाइफ्रेन्ड भएको प्रहरी अनुसन्धानले खुलेको कार्कीले जनाए।
‘हामीले मृतक संगीताको शरीर हेर्दा कम्परमा चोट लागेको र मुखबाट रगत बगेको देखियो त्यो हेर्दा यो हत्या भएको शंका गरेका छौँ,’ उनले भने, ‘बाँकी रिपोर्ट अनुसन्धान र पोस्टमार्टमपछि आउला।’
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट न्यौपाने र अधिकारी गत २५ गते काठमाडौंबाट मान्बु आएको पत्ता लागेको छ। इलाका प्रहरी कार्यालय आरुघाटमा उनीहरु आएको भोलिपल्ट २६ गते मृत अवस्थामा मान्छे फेला परेको छ भनेर सूचना आएपछि प्रहरी घटनास्थलमा गएको थियो।
‘प्रहरीसँग न्यौपानेले संगीताले बिहे गर गर भनेर कर गर्ने गरेको भनेर बताएका छन्,’ कार्कीले भने, ‘तर, केटाले अहिले बिहे गर्ने उमेर भएको छैन भन्दै आएको रहेछ। घटना कसरी भयो भनेर ब्वाइफ्रेन्डले थाहा नभएको बताउँदै आएका छन्।’

No comments: