प्रम केपी ओली भारत आउदा राजकिय अतिथि बनेर आए ,ओली को सम्मानमा ईण्डिया गेटमा नेपाली झण्डा फर्फरायो, बिजय चोक देखी राज घाट सम्म जाने बाटो सर्वसाधरणको लागि बन्द गरियो, गुजरातमा ओलीको सम्मान को लागि जुनियर स्कुल बन्द गरियो, हिमाचलमा रहेको टिहरी ड्याम अवलोकन गर्न ओली जाँदा दिनभरको लागि टिहरी ड्याम अवलोकन गर्न सर्वसाधरणको लागि बन्द गरियो, दुनियाका बिरलै भिभिआईपी को सुबिधा दिदै भारत सरकार ले राष्ट्रपति निवासमा ओलीलाई राख्यो, २१तोपको गार्ड अफ अनर, दिल्ली को सडकहरुमा नेपालका झण्डा ,ओलीको स्वागतमा नयाँ दिल्ली पखालियो र रंगियो.... मेरै आँखा अगाडी तर.... तिनै मेजवान मोदी नेपाल जाँदा ,नेपालका सडकहरु पखालिंदा, मुक्तिनाथ सर्वसाधरण को लागि एक दिन बन्द हुँदा, जानकी मन्दिर परिसर मिथिला चित्रकारिता ले सिड्गारिंदा र काठ्माण्डौ का सडकहरु मा नेपाल प्रहरी र सेनाका सिपाई हरु गस्त गरिरहंदा किन रडाको मच्चाउनु? के पाहुनाको सत्कार गर्ने नेपाली संस्कृति छैन? के कुनैपनि देशको प्रमुखलाई यत्तिकै सडकमा छोड्न मिल्छ? कटुता त्यागौ... छिमेकी खराव होला तर मोदी पाहुना हुन.. स्वागत गरौ...भारतलाई पनि गर्व हुनेगरि रातो कार्पेट बिचछ्याऔ
#Devendra KC प्रबक्ता नेपाल पत्रकार महासंघ
No comments:
Post a Comment