मास्टर्स पढ्ने दिदीवहिनी सेलरोटी बेच्दै, बुवाले जोडे काठमाडौंमा घर - Sital Chautari .com

ताजा अपडेट



Sunday, May 13, 2018

मास्टर्स पढ्ने दिदीवहिनी सेलरोटी बेच्दै, बुवाले जोडे काठमाडौंमा घर




काठमाडौं । पछिल्लो पुस्ताले कामलाई सानो र ठूलो भनेर मूल्यांकन गर्ने गर्दा, देशमा बेरोजगारी बढेको छ, युवा उत्पादनमुलक काममा कम सक्रिय छन् । युवाहरु आफ्नो आमा-बुवाको काममा सघाउनु, घरभित्रको काम गर्नुलाई पनि आफ्नो योग्यताको अवमूल्यन भएको मान्छन् ।अनिशा खाजा घरका दिदीबहिनी भने आफ्ना आमाबाबुको काममा समय भएसम्म सघाउँछन् । अनामनगर स्थित उक्त खाजा घरमा उत्कृष्ट सेलरोटी पाइने चर्चा हुने गर्छ, तर त्यहाँ काम गर्ने अतिरिक्त स्टाफ भने कोही पनि छैन।मास्टर्सकी विद्यार्थी, जेठी छोरी र बीबीए पढ्दै गरेकी माइली छोरीले खाजा घरको सरसफाई, सेलरोटी बेच्ने, भाँडा माझ्ने सबै काम गर्छन्।स्याङ्गजाका अमृतले श्रीमतीसंगको सल्लाहमा आफूसनग भएका सिमित भाँडा र ऋणधन गरेर अनामनगरमा सेलरोटी बेच्ने खाजा घर खोले। खाजा घर संचालन गरेको केहि वर्षमा उनको आर्थिक अवस्था अनपेक्षित रुपमा सुधारिएको छ।

No comments: