एजेन्सी। हाम्रो समाजमा यौनलाई छाडा वा लाजमर्दो कुराको रुपमा बुझिन्छ । जबकी यो जीबन पद्धतीकै महत्वपूर्ण हिस्सा हो । यौन चाहाना कसैमा बदि कसैमा कम हुन्छ । आज हामी यौन चाहाना घटनुका कारण बारे केहि चर्चा गरेका छौ ।
–यौन चाहना नआउनुका कारणहरू धेरै हुन सक्छन् जसमध्ये प्रमुख कारण रागरसको गडबडीलाई मानिन्छ । त्यस्तै व्यक्तिको उच्च रक्तचाप, मनोद्दिपक (मानसिक रोगको) औषधि र मधुमेहको औषधिको सेवन गरेको अवस्थामा पनि उसमा सो इच्छा नआउन सक्छ ।
–यसका साथै आफ्नो दिनचर्या निकै व्यस्त हुने गरेका व्यक्तिमा थकान र विभिन्न कुराको तनावले गर्दा मानसिक रूपमा तयार नहुनाले पनि यौन इच्छा नआउन सक्छ ।
–यो कुरा केही हदसम्म वंशाणुगत कारणले पनि हुन सक्दछ । तर प्रायः समस्याहरूलाई सजिलै सही परामर्शको माध्ययद्वारा हल गर्न सकिन्छ । यहाँ बुझ्नुपर्ने कुरा के छ भने यौन इच्छा नआउनु कुनै रोग होइन र यसले शरीरमा कुनै किसिमको असर पनि गर्दैन झन् यौन सम्पर्कबाट टाढा रहनु भनेको त विभिन्न रोग र संक्रमणजस्तै एचआईभी र एड्स आदिबाट बच्नु पनि हो ।
–विवाहपछि कुनै पनि व्यक्तिमा यौनसम्पर्कको चाहना हुनैपर्छ भन्ने छैन । यदि रागरस वा वंशाणुगत कारणले गर्दा कुनै व्यक्तिको यौनइच्छा नआएको छ भने यसमा विवाह हुनु वा नहुनुले खासै महत्व राख्दैन ।
No comments:
Post a Comment