प्राधिकरणको लापरवाहीका कारण हाइटेन्सन नजिक पोल गाड्ने क्रममा करेन्ट लागेर ३ जना घाईते - Sital Chautari .com

ताजा अपडेट



Monday, May 7, 2018

प्राधिकरणको लापरवाहीका कारण हाइटेन्सन नजिक पोल गाड्ने क्रममा करेन्ट लागेर ३ जना घाईते

file pic

पाल्पा । पाल्पाको रामपुरमा करेन्ट लागेर  ३ जना घाईते भएका छन् । नाङ्गो तारमा फलामको पोल छोइदा रामपुर ५ मटेरीका १६ बर्षीय सुमन सुनार, ३१ बर्षका पवनसिंह थापा, ३५ बर्षका शेर बहादुर राना र ४५ बर्षीय हुुम बहादुर सुनार घाईते भएका छन् ।
घाईतेहरुको रामपुर अस्पतालमा उपचार भइरहेको छ । घाईते हुमबहादुरको अवस्था सामान्य रहेको र अन्य ३ जना पनि खतरा मुक्त रहेको अस्पतालले जनाएको छ ।
बुुटवल पावर कम्पनी अन्तर्गत स्याङ्गजाको गल्याङ्गबाट रामपुर जोडिएको बिद्युुत्तको मुख्य हाइटेन्सन नजिक पोल गाड्ने क्रममा फलामको पोलले नाङ्गो तारमा छोइएपछि उनीहरुलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

No comments: