बीबीसीका अनुसार चीनका एक पुरुषले आफ्नी प्रेमिकालाई लगभग तीन लाख डलर ब्रेकअप फीको रुपमा अफर गरे तर महिलाले त्यसलाई ‘कम भयो’ भनी अस्विकार गरिन् । ती पुरुष पैसा दिन एउटा बारमा गएका थिए । पैसाले भरिएको ब्याग बारमा आएकी प्रेमिकालाई छोडेर उनी त्यहाँबाट बाहिरिए । महिलाले पनि उक्त ब्रेकअप फीलाई त्यही छोडेर गइन् । बार बन्द गर्ने समयमा उक्त पैसा बारका कर्मचारीले भेटेपछि यो घटनाको पर्दाफास भएको हो ।
त्यसपछि थाहा भयो कि प्रेमिकासँग अलग्गिनका लागि यति भारी रकम दिने यी पुरुष २३ वर्षका आइटी प्रोफेशनल हुन् । उनका अनुसार प्रेमिकाले उनलाई लगभग ७ लाख ८७ हजार डलर ब्रेकअप फी माग गरेकी थिइन् ।
No comments:
Post a Comment