उमालेको कागती पानी पिउँदा हुने फाइदा - Sital Chautari .com

ताजा अपडेट



Thursday, May 10, 2018

उमालेको कागती पानी पिउँदा हुने फाइदा


बिहानको समयमा कागती पानी पिउँदा हुने फाइदाको बारेमा सायद धेरै थाहा भएको कुरा हो । तर, पानीमा नै कागती उमालेर पिउदा हुने फाइदाको बारेमा धेरै लाई थाहा नहुनसक्छ । यसले तौल घटाउनुको साथै इम्यूनिटी पावर (रोगप्रतिरोधक शक्ति) समेत बढाउँछ ।
यसको सेवनले शरीरमा धेरै किसिमको भिटामिनको मात्रा बढाउन सकिन्छ । साथै जिङ्क, क्याल्सियम आदिको मात्रा पनि शरीरमा सन्तुलित हुन्छ । तर कागतीको एलर्जी भएकाले यसको सेवन गर्नु हुँदैन । यस्तो अवस्थामा चिकित्सकसँग सल्लाह लिनु पर्छ ।
यस प्रकार छन् उमालेको कागती पानी पिउँदा हुने फाइदा: 
–  कागती उमालेको पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गराउँछ । कागतीमा भिटामीन सी प्रयाप्त मात्रामा रहेको हुन्छ ।
–  यसको सेवनले पाचन प्रक्रियामा भएको समस्या समाधान गर्छ । अपच भएको समयमा यसको सेवन गर्दा राहत प्रदान गर्छ ।
–  यसको सेवन गर्दा तौल घटाउनमा सहयोग पुर्याउँछ । यसको सेवनले तौल घट्दा शरीरमा कुनै पनि किसिमको कमजोरी महसुस हुँदैन । साथै बार–बार भोक लाग्ने समस्या पनि कम भएर जान्छ ।
–  कागतीले शरीरमा शक्ति प्रदान गर्न सहयोग गर्छ । यसले शरीरको सबै अगंमा शक्ति प्रदान गर्छ ।
–  यसको सेवनले क्यालोरी प्रदान गर्छ साथै कागती पानीको सेवनले शरीरको मेटाबोलिजमलाई सहि मात्रामा राख्छ ।
– कागती उमालेर पानी पिउदा शरीरमा रहेको विषाक्त पदार्थ हट्छ । अथार्त शरीर डिटक्सीफाईड हुन्छ ।
–  यसको सेवनले कब्जियतको समस्या हराएर जान्छ । यसमा एसिडको उच्च मात्रा रहेको हुन्छ, जसले पेटको एैठेन हुने समस्यामा औषधिको काम गर्छ ।
कसरी तयार पार्ने कागती पानी  ?
४र५ वटा कागती लिने । यसलाई राम्रोसँग सफा गरेर दुई टुक्रा पार्ने । एउटा भाँडामा पानी लिने र कागतीलाई राखेर ३ देखि ५ मिनेटसम्म उमाल्ने । यसरी उमालेको पानीलाई चिसो हुन दिने र छानेर यसलाई पिउने । पिउँदा यसको स्वाद मन नपरेमा मह मिसाएर पनि पिउन सकिन्छ ।

No comments: