लुट फिल्मका निर्माता माधव वाग्ले सहित ६ जना २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली नोट सहित पक्राउ - Sital Chautari .com

ताजा अपडेट



Wednesday, May 16, 2018

लुट फिल्मका निर्माता माधव वाग्ले सहित ६ जना २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली नोट सहित पक्राउ

Image result for loot movie

काठमाडौः महानगरीय प्रहरी परिसर, काठमाडौंले उपत्याकाका तीन विभिन्न स्थानबाट ठुलो परिणाममा २ करोड ६० लाख  ६३ हजार नक्कली नेपाली नोटसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लुट फिल्मका निर्माता माधवराज वाग्ले, महेन्द्र वोगटी, सुजित तामागं, साजन तामागं, विकेश नापीत र प्रकाश सुवेदी रहेका छन् । 
परिसर अन्तर्गतको प्रहरी बृत्तहरुले, उपत्यकाको गोंगबु, ठाडोढुंगा, धापाखेल, लुभु र बागबजारबाट नक्कली १००० दरका नोट सहित पक्राउ गरेको हो । 
नक्कली नोट सहित नोट बनाउन प्रयोग गरिएको मेसिन समेत प्रहरीले बरामत गरेको छ । पक्राउ परेका मध्येका एक माधव राज वाग्लेले आफुहरुले यो नोट नयाँ फिल्म चंगा चेट्को लागि छापेको बताएका छन् । 
यता महानगरीय प्रहरी परिसर काठमाण्डौंका प्रमुख विश्वराज पोख्रेलका अनुसार नोट फिल्मी प्रयोजनको लागि बनाइएको भनिए पनि प्रहरीको अनुसन्धानले नोट बजारमा नै लाने हिसावले बनाइएको देखिएको बताएका छन् । प्रहरीका अनुसार यस्ता नक्कली नोट होटल रेष्टुरेन्ट, यौन कर्मी, जुवा तास, लागू औषधका कारोवारी र सक्कलीमा नक्कली मिसाएर प्रयोगमा आउने गरेको पाइएको छ । 
 पक्राउ परेकाहरु विरुद्ध खोटा चलन अन्र्तगत नक्कली नोट छापे बमोजिम जरिवाना सहित १० बर्षको कैद हुने प्रहरीको दावी छ । 

No comments: